News Portal

  • भारतीय संचार माध्यमले माफी माग्नुपर्छ : मनिषा कोइराला

    हिमाली संचार संवाददाता
    ५११ पटक
    २०७७ जेठ ९, शुक्रवार

    काठमाडौं – नेपाल सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटेर सार्वजनिक गरेको नयाँ नक्साको समर्थन गरेपछि भारतीय संचारमाध्यमको सिकार हुन पुगेकी नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाको बचाउमा नेपाली सेलिब्रेटी उत्रिएका छन्।

    अभिनेत्री मनिषालाई भारतको खाएर चिनसँग मिलेर भारत बिरोधी गतिबिधि गरेको समेत आरोप भारतीय मिडियाले  लगाउदै आएका छन्। यतिमात्र कहाँ हो र ? नेपालीको कदमको समर्थन गरेको कारण सामाजिक प्रयोगकर्ता भारतीयले समेत मनिषाको बिरोधका आवाज उठाएका छन्।

    मनिषाको बचाउमा कलाकारले आ–आफ्नो सामाजिक संजालमार्फत खुलेरै समर्थ गरिरहेका छन्। कतिपय सेलिब्रेटीले मनिषाको पक्षमा आफ्नो आवाज राख्दै भारतीय संचार माध्यम र सामाजिक प्रयोगकर्ताले उनीसँग माफी समेत माग्नु पर्ने धारणा राखेका छन्।

    अभिनेता राजेश हमालले आफ्नो फेसबुकमा एक भिडियो सन्देश पोस्ट गर्दै सरकारको कदमको समर्थन गरेका छन्। उक्त सन्देशमा राजेशले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भएको बताएका छन्। ‘जे नेपालको हो त्यही मात्र फिर्ता मागेका हौ। बढी होइन घटी मान्य छैन’ राजेशले भनेका छन्।

    कलाकार दीपकराज गिरीले रमाइलो प्रसंग सहितको एक भिडियो पोष्ट गर्दै हाकिमको भन्दा बाबुको माया बढी हुने भन्दै मनिषाको समर्थन गरेका छन्। दीपकले भारतीय मिडियाको कामलाई समेत हाँसोमा उडाएका छन्।

    यस्तै, निर्देशक नवल नेपालले भारतीय संचार माध्यमले मनिषासँग माफी माग्नु पर्ने तर्क राख्दा अर्काे निर्देशक दीपेन्द्र के खनालले ‘मेरो रगत देशका लागि काम लागे जीवन धन्य हुने थियो’ भनेर भनेका छन्।

    अभिनेत्री, करिस्मा मानन्धर, केकी अधिकारी, पुजा शर्मा, रीचा शर्मा, अभिनेत्री उषा रजक, अभिनेता एसराज गराचन, गायक प्रमोद खरेल, गायिका इन्दिरा जोसी, युवराज चौलागाई, हास्यकलाकार कुमार कट्टेल, राजा राजेन्द्र पोखरेललगायत थुप्रै कलाकार।

    भारतीय संचार माध्यम र सामाजिक संजाल प्रयोगकर्तामाथी  अक्रोस पोख्दै मनिषाको समर्थनमा उत्रिएका छन्। मनिषाले नेपाल सरकारको कदमको समर्थन गर्दै ट्वीटमा नेपाल सरकारलाई धन्यवाद दिदै भारत, नेपाल र चीनको कुरा उठाएकी थिइन्।

    ‘सबै तीन महान देशबीच शान्तिपुर्ण र सम्मानजनक छलफलको आशा गर्दछु’ उनको ट्वीट मा उल्लेख थियो। मनिषाको यस्तो ट्वीट सार्वजनिक भएपछि भारतीय मिडिया तथा सामाजिक संजाल प्रयोगकर्ता भारतीय उनी बिरुद्ध खनिन थालेका हुन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १४ गतेको राशिफल

    आज कार्तिक १४, २०८२ (अक्टोबर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स धादिङको नौबिसेमा दुर्घटना

    धादिङ, कार्तिक १३ — गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स काठमाडौँबाट फर्किने क्रममा धादिङको नौबिसेमा दुर्घटना भएको...

    रंगेली गौचर गौशालाको ४५ औं साधारण सभा सम्पन्न

    रबिन्द्र बराल/मोरङ, कार्तिक १३ – रंगेली गौचर गौशालाको ४५ औं साधारण सभा सम्पन्न भएको छ। गोपाष्टमीको...

    रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज उच्च अदालतमा सुनुवाइ हुने

    बुटवल, कात्तिक १३ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका संचालक...

    बालुवाटार बैठकमा राप्रपाको माग: चुनावअघि नै राजा राख्नुपर्ने सुझाव

    काठमाडौं, कार्तिक १३ – प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको त्रिपक्षीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले...