News Portal

बलात्कारको आरोपमा दाङमा एक युवक पक्राउ

हिमाली संचार संवाददाता
३६८ पटक
२०७७ जेठ ९ शुक्रवार

दाङ – बालिकालाई बलात्कार गरेको अभियोगमा बिहीबार बेलुका तुलसीपुरमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१८, अक्कासी निवासी २१ वर्षीय पारस खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

जेठ ६ गते बेलुका तुलसीपुर १८ की १५ वर्षीया बालिकालाई खड्कालगायत तीन जनाले बलात्कार गरेको जाहेरीका आधारमा उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिएका छन् । अन्य दुई जना फरार रहेको र उनीहरुको खोजी भइरहेको उनले बताए । घटनाबारे अन्य अनुसन्धान जारी रहेको डम्बरपालले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...