News Portal

झापाका २३ जना कोरोना संक्रमित धरान वीपी ल्याइयो

कोभिड-१९ अस्पतालमा राखिएन, पेइङ आइसोलेसनमा राखिएको छ

हिमाली संचार संवाददाता
३८० पटक
२०७७ जेठ ९, शुक्रवार

धरान । झापाको कचनकवल गाउँपालिकाका २३ जना कोरोना संक्रमितहरुलाई धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पेइङ आइसोलेसन वार्डमा भर्ना भएका छन् ।

प्रदेश सरकारले सञ्चालन गरेको विराटनगर स्थित कोभिड-१९ अस्पतालमा बेड अभाव भएको कारण धरानमा तयार गरिएको १ सय बेड क्षमताको कोभिड-१९ अस्पतालमा उपचारका लागि पठाएको थियो। धरानमा कोभिड-१९ अस्पताल तयार नभएका कारण पेईङ वार्डमा तयार गरिएको आइसोलेसनमा राखिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

आइसोलेसनमा अहिले २४ जना कोरोना पुष्टि भईसकेका र अरू थप १२ जना आशंका गरिएका गरी ३६ जना रहेको प्रवक्ता डा. सापकोटाले बताए । पेइङ वार्डमा संक्रमित र आशंका गरिएका अहिले पेईङ वार्डको तलामाथि आइसोलेसन थप गरेका हुदा सामाजिकदुरी कायम गरेर उपचार भैइ रहेको बताएको छ।

धरानमा प्रदेश सरकारले १ सय बेड क्षमताको अस्पतालमा नवनियुक्त उपकुलपति, प्रदेश १ का मुख्यमन्त्री सेरधन राईले उद्धधाटन गरेका अस्पताल अझै सम्म तयारी नभएका कारण वार्डमा राखिएको हो।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...