News Portal

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर ५० लाख पुग्यो, १९ लाख निको भए

हिमाली संचार संवाददाता
५८७ पटक
२०७७ जेठ ८, बिहिबार

काठमाडौँ — कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या ५० लाख पुगेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार बिहीबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० लाख ५ सय ६१ पुगेको छ ।

त्यस्तै ३ लाख २८ हजार १ सय ९१ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये करिब १९ लाख निको भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर एक लाख भन्दा बढी संक्रमित भएको विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले बताएको छ । डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक संक्रमण देखिएयता एकैदिन सबैभन्दा बढीमा संक्रमण देखिएको डब्लूएचओले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी अमेरिका प्रताडित भएको छ । बिहीबार बिहानसम्म अमेरिकामा १५ लाख ५१ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । त्यस्तै अमेरिकामा ९३ हजार ४ सय ३९ जनाको संक्रमणबाट मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये अमेरिकामा करिब २ लाख ९५ हजार निको भएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण रुसमा देखिएको छ । रुसमा अहिलेसम्म करिब ३ लाख ८ हजारमा संक्रमण देखिएको छ । संक्रमणको हिसाबले रुस दोस्रो स्थानमा रहे पनि मृत्यु भने कम भएको छ । रुसमा अहिलेसम्म २ हजार ९ सय ७२ जनाको मृत्यु भएको छ भने करिब ८५ हजार निको भएका छन् ।

त्यस्तै ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ९१ हजारभन्दा बढी पुगेको छ । ब्राजिलमा अहिलेसम्म १८ हजार ८ सय ५९ जनाको मृत्यु भएको छ भने करिब १ लाख १६ हजार निको भएका छन् । अमेरिकापछि सबैभन्दा बढी बेलायतमा ३५ हजार ७ सय ८६ जनाको मृत्यु भएको छ । बेलायतमा संक्रमितको संख्या करिब २ लाख ५० हजार रहेको छ ।

त्यस्तै छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रण तीव्र रुपमा फैलिरहेको छ । बिहीबार बिहानसम्म भारतमा करिब १ लाख १२ हजार जनामा संक्रमण देखिएको छ । भारतमा अहिलेसम्म ३ हजार ४ सय ३८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै संक्रमितमध्ये करिब ४५ हजार निको भएका छन् ।

कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा अहिलेसम्म ८४ हजार ६३ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ । चीनमा संक्रमितमध्ये ७९ हजार ३ सय १० जना निको भएका छन् । चीनमा पछिल्लो समय संक्रमण न्यून भएको छ ।

नेपालमा बिहीबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ४४ पुगेको छ । नेपालमा हालसम्म ४५ जना निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वका अधिकांश देश लकडाउनमा छन् । दैनिक जीवन र अर्थतन्त्र डामाडोल भइरहेको छ । कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउन विश्वका विभिन्न देशहरु लागिरहे पनि केही प्रारम्भिक सफलता हात पारे पनि अहिलेसम्म ठोस सफलता भने हात परेको छैन ।

 

 

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...