News Portal

  • कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर ५० लाख पुग्यो, १९ लाख निको भए

    हिमाली संचार संवाददाता
    ४८७ पटक
    २०७७ जेठ ८, बिहिबार

    काठमाडौँ — कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या ५० लाख पुगेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार बिहीबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० लाख ५ सय ६१ पुगेको छ ।

    त्यस्तै ३ लाख २८ हजार १ सय ९१ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये करिब १९ लाख निको भएका छन् ।

    पछिल्लो २४ घण्टामा मात्रै विश्वभर एक लाख भन्दा बढी संक्रमित भएको विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले बताएको छ । डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक संक्रमण देखिएयता एकैदिन सबैभन्दा बढीमा संक्रमण देखिएको डब्लूएचओले जनाएको छ ।

    कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी अमेरिका प्रताडित भएको छ । बिहीबार बिहानसम्म अमेरिकामा १५ लाख ५१ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । त्यस्तै अमेरिकामा ९३ हजार ४ सय ३९ जनाको संक्रमणबाट मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये अमेरिकामा करिब २ लाख ९५ हजार निको भएका छन् ।

    अमेरिकापछि सबैभन्दा बढी संक्रमण रुसमा देखिएको छ । रुसमा अहिलेसम्म करिब ३ लाख ८ हजारमा संक्रमण देखिएको छ । संक्रमणको हिसाबले रुस दोस्रो स्थानमा रहे पनि मृत्यु भने कम भएको छ । रुसमा अहिलेसम्म २ हजार ९ सय ७२ जनाको मृत्यु भएको छ भने करिब ८५ हजार निको भएका छन् ।

    त्यस्तै ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ९१ हजारभन्दा बढी पुगेको छ । ब्राजिलमा अहिलेसम्म १८ हजार ८ सय ५९ जनाको मृत्यु भएको छ भने करिब १ लाख १६ हजार निको भएका छन् । अमेरिकापछि सबैभन्दा बढी बेलायतमा ३५ हजार ७ सय ८६ जनाको मृत्यु भएको छ । बेलायतमा संक्रमितको संख्या करिब २ लाख ५० हजार रहेको छ ।

    त्यस्तै छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रण तीव्र रुपमा फैलिरहेको छ । बिहीबार बिहानसम्म भारतमा करिब १ लाख १२ हजार जनामा संक्रमण देखिएको छ । भारतमा अहिलेसम्म ३ हजार ४ सय ३८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै संक्रमितमध्ये करिब ४५ हजार निको भएका छन् ।

    कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा अहिलेसम्म ८४ हजार ६३ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ । चीनमा संक्रमितमध्ये ७९ हजार ३ सय १० जना निको भएका छन् । चीनमा पछिल्लो समय संक्रमण न्यून भएको छ ।

    नेपालमा बिहीबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ४४ पुगेको छ । नेपालमा हालसम्म ४५ जना निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

    विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वका अधिकांश देश लकडाउनमा छन् । दैनिक जीवन र अर्थतन्त्र डामाडोल भइरहेको छ । कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउन विश्वका विभिन्न देशहरु लागिरहे पनि केही प्रारम्भिक सफलता हात पारे पनि अहिलेसम्म ठोस सफलता भने हात परेको छैन ।

     

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दुर्गा प्रसाईंले घोषणा गरे नयाँ राजनीतिक दल खोल्ने तयारी

    काठमाडौं, भदौ २ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छिट्टै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा...

    तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

    काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल...

    राष्ट्रपति पौडेल: हिन्दूकुश हिमालयको जैविक विविधता संकटमा, समाधानका लागि सबै मिलेर कदम चालौँ

    काठमाडौं, भदौ २ – राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा रहेको चेतावनी...

    तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०...

    प्रधानमन्त्री ओलीको पहलः विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकार सक्रिय

    काठमाडौं, भदौ २ – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्रोही हमास समूहले बन्धक बनाएका नेपाली युवा...