News Portal

उपचार खर्च तिर्ने कागज गरेपछि अस्पतालबाट छुटे सुरज

हिमाली संचार संवाददाता
९६७ पटक

टोपराज शर्मा
बुटवल – उपचार सकिएको लामो समय सम्म अस्पतालमै अघोषित बन्धक बनेका सुरज बिक शुक्रबार घर गएका छन् । बाबु र दाइले उपचार खर्च वापतको रकम आगामी पुसभित्र तिर्ने कागज गरेपछि जेनस अस्पतालले सुरजलाई डिस्चार्ज गरेको हो ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका गोपीगञ्जका २३ वषिर्य सुरज मोटरसाइकल दुर्घटनामा दाहिने खुट्टा फ्याक्चर भएपछि २०७४ साल जेठ १४ गते बुटवल अस्पताल लाइन नजिकै रहेको जेनस अस्पतालमा भर्ना भएका थिए ।

भर्ना भएको ६ महिनापछि उनको उपचार पूरा भएको थियो तर, उपचार खर्च तिर्न नसक्दा घर जान पाएनन् । उपचारवापत तिर्नुपर्ने रकम, फार्मेसीमा औषधि किनको र होटलमा खाना खाएको पैसा नतिर्दा उनी डिस्चार्ज भएनन् ।

घरको आर्थिक अवस्था कमजोर रहेको विपन्न परिवारका सुरजले उपचार गर्न आफ्नो एक कठ्ठा जग्गा दृष्टिबन्धक राखेर एक लाख रुपैयाँ लिएर आएका थिए । तर सोचे भन्दा १५ गुणा बढी बिल आएपछि तिर्न नसकेपछि उनी अस्पतालमै थन्किए । सबै रकम जोड्दा १५ लाखको हाराहारीमा खर्च भएको सुरजको भनाइ उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले बताए ।

उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक बनेको खबरसार्वजनिक भएपछि प्रहरीले जनप्रतिनिधिको रोहबरमा सुरजको उद्दार गरेको छ ।

डीएसपी मल्लका अनुसार अस्पतालको उपचार वापतको खर्च करिब १२ लाख, औषधीको करिब २ लाख र होटेलमा खाना खाएको एक लाख भन्दा बढी तिर्नुपर्ने देखिएको छ ।

तिर्नुपर्ने रकममा अस्पतालले २५ प्रतिशत छुट गरी पुस मसान्तसम्म सुरजका दाजु दीपक बिक र बुबा भगवती बिकले दिने सहमतिमा कागज गरेर सुरजलाई घर फर्काइएको छ ।

अस्पतालको बिलमा शंका लागे सरकारी र निजी अस्पतालका प्रतिनिधि राखेर भेरिफाई गरेर मात्र भुक्तानी दिने मौखिक सहमति भएको डीएसपी मल्लले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...