News Portal

सुर्खेतको पञ्चपुरी नगरपालिकाका सरकारी मोटरसाईकलको व्यापक दुरुपयोग

हिमाली संचार संवाददाता
७०३ पटक

सुर्खेतको पश्चिम स्थित पञ्चपुरी नगरपालिकाको सरकारी मोटरसाईकल कर्मचारीले निजि प्रयोजनमा प्रयोग गर्ने गरेको पाईएको छ ।

पञ्चपुरी नगरपालिकाको सरकारी नम्बर प्लेटका गाडीको व्यापक दुरुपयोग भएको छ ।जनताको काम छिटो छरितो होस भनेर स्थानीय सरकारले सवारी साधन दिए पनि यसको सही सदुपयोग भने हुन सकेको छैन ।

पञ्चपुरी नगरपालिकाका खानेपानि सहायक टेक्निसियन यामराज जोशीले चढ्ने भे १ व १२२५ नम्वरको सरकारी मोटरसाईकल प्राईभेट कम्पनिको चाउमिन वेच्नमा प्रयोग भएको छ । पश्चिम क्षेत्रमा जनताका काम छिटो र सहजतका लागि उपलव्ध गराईएको मोटरसाईकल वीरेन्द्रनगरमा चाउमिन वेच्न प्रयोग गरिएको हो ।

भे १ व १२२५ नम्बरको मोटरसाइकल स्थानिय तहमा जनताका कामकाज गर्न सहजता होस भन्ने हेतुले २ महिना अघिमात्र खरिद गरेको थियो । तर नगरपालिकाका खानेपानि सहायक टेक्निसियन यामराज जोशीले कार्यालयको काममा प्रयोग नगरी वीरेन्द्रनगर वजारमा चाउमिन वेच्ने प्रयोजनमा प्रयोग गरेका छन् ।

कार्यालयको मोटरसाईकल विहान उधोगको चाउमिन सप्लाई गर्ने, घाँसपात ओसार्ने र बच्चालाई मोटरसाइकल चलाउन सिकाउने काममा उक्त मोटरसाइकल प्रयोग हुँदै आएको स्थानीयवासीन्दाहरुले गुनासो गरेका छन् । स्थानीयका अनुसार उक्त मोटरसाइकल १ दिन पनि कार्यालय प्रयोजनका लागि प्रयोग भएको छैन ।

मोटरसाईकल निजि प्रयोजनमा प्रयोग भएको पाईएपछि पञ्चपुरी नगरपालिका मेयर उपेन्द्र थापाले मोटरसाईकल दुरुपयोग गर्ने कर्मचारी जोशीलाई तत्काल स्पस्टिकरण सहित कार्वाहीको प्रक्रिया अघि वढाउने वताए ।

राज्यको सम्पति दुरुपयोग गर्ने अधिकार कसैलाई पनि छैन् । उनले भने, तत्काल मोटरसाईकल कार्यालयमा ल्याउन निर्देशन दिएको र कार्वाहीका लागि अघि वढ्ने वताए । जनताको सेवा सुविधाका लागि ल्याईएको मोटरसाईकल व्यक्तिगत तवरले संचालन गर्न पाईदैन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ९ गतेको राशिफल

आज फागुन ९, २०८२ ( फेब्रुअरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...

तुलसीपुरमा एमालेको झण्डा जलाइएपछि विवाद, संयमताको आग्रह

दाङ, फागुन ८ – दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट केही युवाले नेकपा (एमाले) को...

कांग्रेस–एमाले गठबन्धन तोड्न योजनाबद्ध रूपमा ‘दुर्घटना’ गरियो : एमाले

काठमाडौं, फागुन ८ – नेकपा एमाले ले कांग्रेस र एमालेबीच बनेको सहकार्यलाई कमजोर बनाउन योजनाबद्ध रूपमा...