News Portal

सुर्खेतको पञ्चपुरी नगरपालिकाका सरकारी मोटरसाईकलको व्यापक दुरुपयोग

हिमाली संचार संवाददाता
६७९ पटक

सुर्खेतको पश्चिम स्थित पञ्चपुरी नगरपालिकाको सरकारी मोटरसाईकल कर्मचारीले निजि प्रयोजनमा प्रयोग गर्ने गरेको पाईएको छ ।

पञ्चपुरी नगरपालिकाको सरकारी नम्बर प्लेटका गाडीको व्यापक दुरुपयोग भएको छ ।जनताको काम छिटो छरितो होस भनेर स्थानीय सरकारले सवारी साधन दिए पनि यसको सही सदुपयोग भने हुन सकेको छैन ।

पञ्चपुरी नगरपालिकाका खानेपानि सहायक टेक्निसियन यामराज जोशीले चढ्ने भे १ व १२२५ नम्वरको सरकारी मोटरसाईकल प्राईभेट कम्पनिको चाउमिन वेच्नमा प्रयोग भएको छ । पश्चिम क्षेत्रमा जनताका काम छिटो र सहजतका लागि उपलव्ध गराईएको मोटरसाईकल वीरेन्द्रनगरमा चाउमिन वेच्न प्रयोग गरिएको हो ।

भे १ व १२२५ नम्बरको मोटरसाइकल स्थानिय तहमा जनताका कामकाज गर्न सहजता होस भन्ने हेतुले २ महिना अघिमात्र खरिद गरेको थियो । तर नगरपालिकाका खानेपानि सहायक टेक्निसियन यामराज जोशीले कार्यालयको काममा प्रयोग नगरी वीरेन्द्रनगर वजारमा चाउमिन वेच्ने प्रयोजनमा प्रयोग गरेका छन् ।

कार्यालयको मोटरसाईकल विहान उधोगको चाउमिन सप्लाई गर्ने, घाँसपात ओसार्ने र बच्चालाई मोटरसाइकल चलाउन सिकाउने काममा उक्त मोटरसाइकल प्रयोग हुँदै आएको स्थानीयवासीन्दाहरुले गुनासो गरेका छन् । स्थानीयका अनुसार उक्त मोटरसाइकल १ दिन पनि कार्यालय प्रयोजनका लागि प्रयोग भएको छैन ।

मोटरसाईकल निजि प्रयोजनमा प्रयोग भएको पाईएपछि पञ्चपुरी नगरपालिका मेयर उपेन्द्र थापाले मोटरसाईकल दुरुपयोग गर्ने कर्मचारी जोशीलाई तत्काल स्पस्टिकरण सहित कार्वाहीको प्रक्रिया अघि वढाउने वताए ।

राज्यको सम्पति दुरुपयोग गर्ने अधिकार कसैलाई पनि छैन् । उनले भने, तत्काल मोटरसाईकल कार्यालयमा ल्याउन निर्देशन दिएको र कार्वाहीका लागि अघि वढ्ने वताए । जनताको सेवा सुविधाका लागि ल्याईएको मोटरसाईकल व्यक्तिगत तवरले संचालन गर्न पाईदैन् ।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...