News Portal

धरानमा पनि एक महिलालालाई कोरोना संक्रमण, सिल गर्ने तयारी

शिबधारा क्षेत्र सिल क्षेत्र गर्ने तयारी

हिमाली संचार संवाददाता
४५८ पटक
२०७७ जेठ ७, बुधवार

धरान । धरानका एक महिलामा कोरोना संक्रमण देखिएपछि अहिले धरान उपमहानगरपालिकाले उच्च सतर्कता अपनाएको छ । 

धरान वडा नं. १३ स्थित शिवधारा क्षेत्रका ५२ बर्षिय एक महिलामा कोरोनाको संक्रमण देखिएपछि अहिले उक्त क्षेत्रलाई सिल गर्ने तयारी भइरहेको छ। त्यस क्षेत्रमा सुरक्षाकर्मी परिचालन समेत गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिएको छ। 

शिवधारा क्षेत्र सुरक्षित गर्न लागिएको धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले बताएकी छिन। उक्त क्षेत्र सिल गरेर भोली कन्ट्र्याक ट्रेसिङ गरिने र त्यसपछि थप कदम चालिने समेत बताएकी छिन् ।

उहाँले धरानबासीलाई समेत नअत्तालिन अनुरोध गरेकी छिन । बरु धरमा बसेर नगरबासीले सहयोग गर्न अनुरोध गर्दै, थप सतर्क भएर आफु तथा परिवारलाई कोरोनाको संक्रमणबाट बच्न उहाँले धरानबासीलाई अपिल गरेकी छिन ।

प्रतिकृया दिनुहोस्

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

४४ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...