News Portal

त्रिशूली नदी तर्न कडाई

हिमाली संचार संवाददाता
३६४ पटक
२०७७ जेठ ७, बुधवार

धादिङ – पृथ्वी राजमार्गबाट त्रिशूली नदी तर्न कडाई गरिएको छ । कोरोना भाइरस नियन्त्रण गर्न लकडाउन गरिएको करिब २ महिना पुग्नै लाग्दा सदरमुकाम धादिङबेंसी लगायत त्रिशूली नदी वारिका ८ स्थानीय तहमा प्रवेश गर्न कडाई गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बुधबार बिहान बसेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति बैठकले जिल्ला सदरमुकाम लगायतमा विशेष सावधानी अपनाउने र त्रिशूली नदी र बुढीगण्डकी नदी तरेर आउने सवारी साधनहरुलाई विशेष निगरानी गर्न बुधबार सिद्धलेकको फुर्के खोलास्थित पुल र गोरखाबाट आउने बूढीगण्डकीका आरुघाट र बुङकोटघाट पुलमा अस्थायी प्रहरी पोष्ट खडा गरेर जाँचमा कडाई गर्ने निर्णय गरेको थियो ।

निर्णयलगत्तै सिद्धलेक गाउँपालिकाले फुर्केखोला र त्रिपुरासुन्दरी गाउँपालिकाले आरुघाटमा सवारीसाधन तथा व्यक्ति जाँच गर्न अस्थायी पोष्ट निर्माण गरिएको छ । ‘जिल्ला प्रवेश गर्ने मुख्य ३ नाकाहरुमा अस्थायी पोष्ट खडा गरी प्रहरी बसिसकेको छ, प्रहरीलाई स्थानीय स्वयंसेवी युवाहरुले सहयोग गर्ने छन्’ जिल्ला प्रहरी प्रमुख रवीन्द्र रेग्मीले भने ।

 

 

प्रतिकृया दिनुहोस्

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

४४ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...