News Portal

सार्वजनिक स्वास्थ्य संस्थामा  पैसा तिरेर कोरोना परीक्षण गर्न सक्ने

हिमाली संचार संवाददाता
४८९ पटक
२०७७ जेष्ठ ६, मंगलवार

काठमाडौँ –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सार्वजनिक स्वास्थ्य संस्थामा जोसुकै व्यक्तिले पैसा तिरेर कोरोना परीक्षण गर्न सक्ने बताएको छ ।

मंगलबारको मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले तोकिएको मापदण्ड र सूचनाको गोपनियता तथा नियमित रिपोर्टिङ गर्ने सर्त अनिवार्य पालना गर्ने गरी लक्षण नभएकाले पनि परीक्षण गर्न पाउने बताए ।

उनले आरडीटी र पीसीआर परीक्षण स्वेच्छाले गर्न चाहने स्वदेशी तथा विदेशी नागरिकहरुले तोकिएका सार्वजनिक स्वास्थ्य संस्थाहरुमा गएर तोकिएका दररेटमा परीक्षण गराउन सक्ने बताए । उनले नीतिगत निर्णय गरेको बताउँदै यसले परीक्षणको दायरा बढ्ने बताए ।

प्रवक्ता देवकोटाले मापदण्डअनुसार शुल्क निर्धारण गर्नेसमेत उल्लेख गरे ।

 

प्रतिकृया दिनुहोस्

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...