News Portal

सार्वजनिक स्वास्थ्य संस्थामा  पैसा तिरेर कोरोना परीक्षण गर्न सक्ने

हिमाली संचार संवाददाता
५३६ पटक
२०७७ जेष्ठ ६, मंगलवार

काठमाडौँ –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सार्वजनिक स्वास्थ्य संस्थामा जोसुकै व्यक्तिले पैसा तिरेर कोरोना परीक्षण गर्न सक्ने बताएको छ ।

मंगलबारको मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले तोकिएको मापदण्ड र सूचनाको गोपनियता तथा नियमित रिपोर्टिङ गर्ने सर्त अनिवार्य पालना गर्ने गरी लक्षण नभएकाले पनि परीक्षण गर्न पाउने बताए ।

उनले आरडीटी र पीसीआर परीक्षण स्वेच्छाले गर्न चाहने स्वदेशी तथा विदेशी नागरिकहरुले तोकिएका सार्वजनिक स्वास्थ्य संस्थाहरुमा गएर तोकिएका दररेटमा परीक्षण गराउन सक्ने बताए । उनले नीतिगत निर्णय गरेको बताउँदै यसले परीक्षणको दायरा बढ्ने बताए ।

प्रवक्ता देवकोटाले मापदण्डअनुसार शुल्क निर्धारण गर्नेसमेत उल्लेख गरे ।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...