News Portal

खोटाङमा एक युवकमा कोरोना संक्रमण देखिएलगत्तै नगरपालिका अनिश्चितकालीन बन्द

हिमाली संचार संवाददाता
४५० पटक
जेष्ठ ६ २०७७

खोटाङ– एक युवकमा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई अनिश्चितकालीन बन्द गरिएको छ ।  काठमाडौँबाट गत वैशाख १२ गते उद्धार गरेर ल्याइएका वडा नं ७ महादेवस्थानका २० वर्षीय युवकमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएसँगै आजदेखि नगरपालिकालाई अनिश्चितकालीन बन्द गरिएको हो । एक युवकमा कोरोना भाइरसको सङ्क्रमण फेला परेसँगै नगरपालिका प्रवेश गर्न र नगरपालिकाबाट बाहिरिन पूर्णरुपमा रोक लगाइएको नगरप्रमुख इवन राईले बताए ।

युवकमा देखिएको कोरोना भाइरसको सङ्क्रमण अन्य व्यक्तिमा फैलिन नदिन उनको गाउँसँगै जोडिएको हलेसी बजारलाई समेत पूर्णरुपमा सिल गरिएको छ’, उनले भने, ‘यसअघिसम्म अत्यावश्यक सामग्री किनमेलका लागि बिहान र बेलुका खुला गर्ने गरिएको हलेसी बजारसमेत आजदेखि पूर्णरुपमा ठप्प पारिएको छ ।’

हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल खोटाङको हलेसीमा हिँडडुल गर्न, सवारी साधन चलाउन तथा एक वडाबाट अर्को वडा आवतजावत गर्न पूर्णरुपमा रोक लगाइएको जनाइएको छ । सङ्क्रमित युवकको घरलाई सोमबार साँझदेखि नै पूर्णरूपमा सिल गरिएको नगरप्रमुख राईले बताए ।

कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको यकिन गर्न नगरपालिकाबाट धरान पठाइएका ३३ जनाको स्वाबमध्ये सोमबार साँझ उनको पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो । काठमाडौँमा बसिरहेको अवस्थामा बन्दाबन्दीको मारमा परेका स्थानीय बासिन्दालाई नगरपालिकाले उद्धार गरेर गाउँ ल्याउनेक्रममा उनी बा४ख २२११ नंको बसमार्फत गाउँ आएका थिए ।

कोरोनाको सङ्क्रमित युवकलाई सोमबार साँझदेखि नै आइसोलेसनमा राखिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए । प्रजिअ पौडेलका अनुसार स्वास्थ्य अवस्था सामान्य रहेको सङ्क्रमित युवकलाई उपचारका लागि विराटनगरस्थित कोरोना अस्पताल पठाउने तयारी भइरहेको छ । यस्तै सङ्क्रमित युवकका आठ जनाको परिवार, उनीसँगै बसमा यात्रा गरेका ५१ व्यक्ति, उनको सम्पर्कमा रहेका व्यक्तिलगायत गरी ५० जनाको पिसीआर टेष्टका लागि अहिले स्वाब सङ्कलन गरेर पठाउने तयारी भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक प्रकाश घिमिरेले बताए । हाल सङ्क्रमित युवकसँगै यात्रा गरेका व्यक्तिको खोजी भइरहेको जनाइएको छ ।

सङ्क्रमित युवक चढेको बसमा उनीसँगै जिल्लाकै अन्य स्थानीय तहका व्यक्तिले समेत यात्रा गरेर आएको हुनसक्ने अनुमान गरिएको छ । सङ्क्रमित युवक होम क्वारेन्टाइनमा बसेको भनिए पनि उनी गाउँमा सञ्चालन भइरहेको खानेपानी योजनाको काममा समेत संलग्न भएका थिए । सो आयोजनाको काममा संलग्न व्यक्तिमा समेत कोरोना भाइरसको सङ्क्रमण फैलिएको हुनसक्ने भएकाले उनीहरु सबैको पिसीआर टेष्ट गर्ने तयारी गरिएको वडाध्यक्ष चइन्द्र राईले बताए । पिसीआर टेष्टका लागि स्वाब सङ्कलन गर्न जिल्ला अस्पताल खोटाङबाट दक्ष जनशक्तिसहितको टोली हलेसी पुगेका छन् ।

 

सङ्क्रमित युवक काठमाडौँको पेप्सीकोलास्थित भाडाको घरमा बस्दै आएको र उनी काठमाडौँकै एक सहकारी संस्थामा सङ्कलकको काम गर्दै आएको स्रोतले जनाएको छ । गाउँमा हुने सामाजिक काममा समेत सक्रिय युवकमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...