News Portal

ईमाेबाट लाखौं रुपैयाँ ठगी गर्ने मोरङका ३ युवा पक्राउ

हिमाली संचार संवाददाता
१०११ पटक

रबिन्द्र बराल – भारतबाट अबैध रुपमा सामाजिक संन्जाल ईमाे(IMO)मार्फत नेपालका सर्वसाधारण ब्यक्तिहरुलाई फाेन गरि तपाईलाई बधाई छ भन्दै भारती नम्बर 923015016278, 92301501627, 923004890488 बाट तपाईंको ईमाे नम्बरमा लक्की ड्र अनुसार तपाईलाई २५ लाख भारतीय रकम परेकाे छ भन्दै बधाई र शुभकामना समेत दिएकाे थियोे । ठगी गर्ने गिराेहले फाेन गर्ने ब्यक्तिकाे फाेनमा मनाेभावना बुझेपछि उनिहरुले बारम्बार फाेन गरेर फकाउने समेत गरेका छन । यतिसम्म लाेभ देखाउछन कि फाेन अाउने व्यक्ति विश्वासमा परेर ठगीमा समेत परेका छन ।

उनिहरुले फाेन मार्फत भन्दछन । अहिले ४० हजार रुपैयाँ अाईएमई गरिदिन अाग्रह समेत गर्छन । त्यसैगरी बारम्बार उनिहरुले रंगेली दर्बेशा लागयतका अाम साेझासझा सर्वसाधारणहरुलाई समेत ठगी गरि रकम असुली गर्ने गरेका छन । भारतीहरुले नेपालमा बसाेवास गर्ने पिछडा बर्गहरुकाे सहयोगमा उनिहरुले रकम असुली गर्ने गरेको पाईएकाे छ ।

साेहि क्रममा रंगेली प्रहरीले सुनवर्सि नगरपालिका ६ वस्ने बर्ष ३४ कैलाश ऋिषिदेव साेही स्थान वस्ने बर्ष २२ का हेम शंकर ऋिषिदेव, रंगेली नगरपालीका ६ बस्ने बर्ष २२ अजित साहलाई पक्राउ गरेका छ । उनिहरुले दमक ८ बस्ने सीता भुजेलकाे १ लाख ३५ हजार रुपैयाँ र संखुवासभा चैनपुर ७ बस्ने तिर्थ बहादुर मर्गाती संग ८५ हजार रुपैयाँ रकम ठगी गरेको र उनीहरुले पुनः १५ हजार रुपैयाँ चाहिन्छ भने पछि त्याे रकम अायाेकि अाएन भनेर रंगेलीमा रहेको लुम्बिनी बैकमा बुझ्न जाने क्रममा भदौ १३ गते प्रहरीले पक्राउ गर्ने सफल भएको छ ।

पक्राउ परेका कैलाश ऋिषिदेव र अजित साहलाई दमक प्रहरी कार्यलयमा पठाउने र हेमशंकर ऋिषिदेवलाई संखुवासभा प्रहरी कार्यलयमा पठाउने प्रकृया भईरहेकाे र मुख्य गिराेहकाे व्यापक रुपमा खाेजिकार्य भईरहेकाे ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्कीले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ९ गतेको राशिफल

आज फागुन ९, २०८२ ( फेब्रुअरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...

तुलसीपुरमा एमालेको झण्डा जलाइएपछि विवाद, संयमताको आग्रह

दाङ, फागुन ८ – दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट केही युवाले नेकपा (एमाले) को...

कांग्रेस–एमाले गठबन्धन तोड्न योजनाबद्ध रूपमा ‘दुर्घटना’ गरियो : एमाले

काठमाडौं, फागुन ८ – नेकपा एमाले ले कांग्रेस र एमालेबीच बनेको सहकार्यलाई कमजोर बनाउन योजनाबद्ध रूपमा...