News Portal

  • ईमाेबाट लाखौं रुपैयाँ ठगी गर्ने मोरङका ३ युवा पक्राउ

    हिमाली संचार संवाददाता
    ९७० पटक

    रबिन्द्र बराल – भारतबाट अबैध रुपमा सामाजिक संन्जाल ईमाे(IMO)मार्फत नेपालका सर्वसाधारण ब्यक्तिहरुलाई फाेन गरि तपाईलाई बधाई छ भन्दै भारती नम्बर 923015016278, 92301501627, 923004890488 बाट तपाईंको ईमाे नम्बरमा लक्की ड्र अनुसार तपाईलाई २५ लाख भारतीय रकम परेकाे छ भन्दै बधाई र शुभकामना समेत दिएकाे थियोे । ठगी गर्ने गिराेहले फाेन गर्ने ब्यक्तिकाे फाेनमा मनाेभावना बुझेपछि उनिहरुले बारम्बार फाेन गरेर फकाउने समेत गरेका छन । यतिसम्म लाेभ देखाउछन कि फाेन अाउने व्यक्ति विश्वासमा परेर ठगीमा समेत परेका छन ।

    उनिहरुले फाेन मार्फत भन्दछन । अहिले ४० हजार रुपैयाँ अाईएमई गरिदिन अाग्रह समेत गर्छन । त्यसैगरी बारम्बार उनिहरुले रंगेली दर्बेशा लागयतका अाम साेझासझा सर्वसाधारणहरुलाई समेत ठगी गरि रकम असुली गर्ने गरेका छन । भारतीहरुले नेपालमा बसाेवास गर्ने पिछडा बर्गहरुकाे सहयोगमा उनिहरुले रकम असुली गर्ने गरेको पाईएकाे छ ।

    साेहि क्रममा रंगेली प्रहरीले सुनवर्सि नगरपालिका ६ वस्ने बर्ष ३४ कैलाश ऋिषिदेव साेही स्थान वस्ने बर्ष २२ का हेम शंकर ऋिषिदेव, रंगेली नगरपालीका ६ बस्ने बर्ष २२ अजित साहलाई पक्राउ गरेका छ । उनिहरुले दमक ८ बस्ने सीता भुजेलकाे १ लाख ३५ हजार रुपैयाँ र संखुवासभा चैनपुर ७ बस्ने तिर्थ बहादुर मर्गाती संग ८५ हजार रुपैयाँ रकम ठगी गरेको र उनीहरुले पुनः १५ हजार रुपैयाँ चाहिन्छ भने पछि त्याे रकम अायाेकि अाएन भनेर रंगेलीमा रहेको लुम्बिनी बैकमा बुझ्न जाने क्रममा भदौ १३ गते प्रहरीले पक्राउ गर्ने सफल भएको छ ।

    पक्राउ परेका कैलाश ऋिषिदेव र अजित साहलाई दमक प्रहरी कार्यलयमा पठाउने र हेमशंकर ऋिषिदेवलाई संखुवासभा प्रहरी कार्यलयमा पठाउने प्रकृया भईरहेकाे र मुख्य गिराेहकाे व्यापक रुपमा खाेजिकार्य भईरहेकाे ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्कीले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...