News Portal

बन्चरोले हानेर बाबुको हत्या

हिमाली संचार संवाददाता
३२९ पटक
जेष्ठ ६ २०७७

इलाम — इलाममा एक युवतीले बन्चरो प्रहार गरी बाबुको हत्या गरेकी छन् । देउमाई नगरपालिका वडा नम्बर ६ शान्तिडाँडाकी सुष्मा राईले सोमबार राति ५२ वर्षका बाबु फूलबहादुर राईको हत्या गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मंगलबारेका प्रहरी निरीक्षक राजकिशोर साहका अनुसार घरायसी विवादका क्रममा सुष्माले बाबुमाथि बन्चरो प्रहार गरेको पाइएको छ ।

प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धानमा जुटेको उनले बताए । घटनास्थलमा भेटिएका प्रमाणहरु जुटाउने र मुचुल्का गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । बन्चरो प्रहारका कारण ठूलो चोट देखिएको र अत्यधिक रक्तश्राव भएको पाइएको प्रहरीले जनाएको छ ।

घटनापछि गाउँमै लुकेर बसेको अवस्थामा प्रहरीले सुष्मालाई पक्राउ गरेको छ । शवको पोष्टमार्टम र अरु अनुसन्धानको काम गर्ने तयारी भइरहेको साहले बताए ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...