News Portal

  • सुदुरपश्चिमा आरडीटी टेस्टमा १२ जनामा देखियो कोरोना पोजिटिभ

    हिमाली संचार संवाददाता
    ३९४ पटक
    जेष्ठ ५, २०७७

    कैलाली – सुदुरपश्चिम प्रदेशमा  कोरोनाभाइरस सङ्क्रमणको आरडीटी विधिबाट गरिएको परीक्षणमा १२ जनामा कोरोना पोजिटिभ देखिएको छ । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा आरडीटी विधिबाट गरिएको परीक्षणमा १२ जनामा कोरोना १९ पोजिटिभ देखिएको हो ।

    उनीहरुको स्वाव संकलन गरी पिसिआर विधिबाट जाच गर्ने कार्य भइरहेको जनाएको छ । १८ हजार ८५९ जनामा आरडिटी परिक्षण गर्दा १८ हजार ८४७ जनाको रिपोट नेगेटिभ छ भने १२ जनामा मात्र पोजिटिभ देखिएको छ ।

    सामाजिक विकास  मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालय डोटीले आज गरिएको कोभिड १९ को मिडिया ब्रिफिङ्गमा सो कुरा को जानकारी दिएको हो । त्यसै गरी विभिन्न अस्पतालमा कोभिड १९ को आशंकामा १५ जनालाई आइसोलसनमा राखी उपचार भइरहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह काक्रीले बताए ।

    सेती प्रादेशिक अस्पताल धनगढीमा ५ ,टिकापुर अस्पतालमा ४,  जिल्लाअस्पताल बझाङ्गमा १  ,डोटी १ ,बाजुरा ३ ,डडेल्धुरा अस्पतालमा १ जना गरी १५ जना को आईसोलेसनमा उपचार भइरहेको उनले बए ।

    यसअघि नै १५४ जना भने आइसोलेसनको उपचार पछि निको भई घर गइसकेको उनले बताए । पिसिआर विधिवाट ३८३७ स्वाव संकलन गरिएको मध्ये ३६४३ को जाच गरिएको स्वास्थ्य महाशाखा प्रमुख काक्रीले रातोपाटी लाई जानकारी दिए । जाच गरिएका नमुना मध्ये ३६३८ जना को नतिजा नेगेटिभ छ भने ५ जनामा मात्र पोजिटिभ आएको उनले बताए ।

    यसअघि नै पोजिटिभ ५ जना निको भएर घर गइसकेका छन उनले भने अझै पनि १६६० जना क्वारेन्टाइनमा छन् । जस मध्ये १४९२ जना पुरुष छन भने १६८ जना महिला रहेको उनले बताए ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ३० गतेको राशिफल

    आज कार्तिक ३०, २०८२ (नोभेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रथम अधिवेशनसँगै युवा शक्ति कुवेतमा नयाँ नेतृत्व: अध्यक्षमा विशाल डल्लाकोटी

    कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नाराका साथ युवा शक्ति कुवेतको...

    आज २०८२ साल कार्तिक २९ गतेको राशिफल

    आज कार्तिक २९, २०८२ (नोभेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ग्याङको राजमा हाइटी: नेपालले नदेखेको सम्भावित खतरा

    कुवेत धिरेन्द्र राज सुवेदी – क्यारेबियन सागरको सुन्दर द्वीप राष्ट्र हाइटी आज विश्वको सबैभन्दा असुरक्षित...

    सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

    काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको...