News Portal

आइसोलेसनमा रहेका युवाको मृत्यु

हिमाली संचार संवाददाता
४६२ पटक
जेष्ठ ५, २०७७

रोल्पा –जिल्लामा आइसोलेसनमा रहेका एक युवाको मृत्यु भएको छ । रोल्पा नगरपालिका १ का २२ वर्षका युवाको सोमबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ । उनी आइतबार राति अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालका डा अनिल केसीले युवाको मिर्गौलाले काम नगरेपछि मृत्यु भएको जानकारी दिए । ‘दुवै मिर्गौलाले काम नगरेपछि ती युवाको मृत्यु भएको हो ’ डा केसीले भने ।

अस्पतालका अनुसार ती युवालाई राजधानीस्थित शिक्षण अस्पतालमा उपचारका लागि केही साताअघि पुर्‍याइएको थियो । त्यहाँ उपचार गर्न संभव नभएपछि आफन्तले फिर्ता ल्याएका थिए । तर उनलाई घर पुर्‍याउनुअघि अस्पतालमा पुर्‍याई कोरोना संक्रमणबारे जाँच गर्ने उद्देश्यले परिवारले रोल्पा अस्पतालमा भर्ना गरेका थिए । अस्पतालमा भर्ना गर्दा ती युवामा खोकी र ज्वरोको समस्या देखिएको थियो । मिर्गौला उपचार गर्न आर्थिक अवस्था कमजोर भएपछि उपचार गर्दागर्दै परिवारले उनलाई घर फिर्ता लिएको थियो ।

युवाको मृत्युपछि कोरोना संक्रमण भए/नभएको बारेमा पनि उनीसहित परिवारका ३ सदस्यको तत्कालै आरडीटी (र्‍यापिड डाइग्‍नोस्टिक टेस्ट) जाँच गरिएको थियो । आरडीटी नतिजा नेगेटिभ देखिए पनि पीसीआर परीक्षण गर्न नमुना संकलन गरी दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको अस्पताल प्रमुख डा धनमाया घर्तीमगरले बताइन् ।

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...