News Portal

आइसोलेसनमा रहेका युवाको मृत्यु

हिमाली संचार संवाददाता
५०९ पटक
जेष्ठ ५, २०७७

रोल्पा –जिल्लामा आइसोलेसनमा रहेका एक युवाको मृत्यु भएको छ । रोल्पा नगरपालिका १ का २२ वर्षका युवाको सोमबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ । उनी आइतबार राति अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालका डा अनिल केसीले युवाको मिर्गौलाले काम नगरेपछि मृत्यु भएको जानकारी दिए । ‘दुवै मिर्गौलाले काम नगरेपछि ती युवाको मृत्यु भएको हो ’ डा केसीले भने ।

अस्पतालका अनुसार ती युवालाई राजधानीस्थित शिक्षण अस्पतालमा उपचारका लागि केही साताअघि पुर्‍याइएको थियो । त्यहाँ उपचार गर्न संभव नभएपछि आफन्तले फिर्ता ल्याएका थिए । तर उनलाई घर पुर्‍याउनुअघि अस्पतालमा पुर्‍याई कोरोना संक्रमणबारे जाँच गर्ने उद्देश्यले परिवारले रोल्पा अस्पतालमा भर्ना गरेका थिए । अस्पतालमा भर्ना गर्दा ती युवामा खोकी र ज्वरोको समस्या देखिएको थियो । मिर्गौला उपचार गर्न आर्थिक अवस्था कमजोर भएपछि उपचार गर्दागर्दै परिवारले उनलाई घर फिर्ता लिएको थियो ।

युवाको मृत्युपछि कोरोना संक्रमण भए/नभएको बारेमा पनि उनीसहित परिवारका ३ सदस्यको तत्कालै आरडीटी (र्‍यापिड डाइग्‍नोस्टिक टेस्ट) जाँच गरिएको थियो । आरडीटी नतिजा नेगेटिभ देखिए पनि पीसीआर परीक्षण गर्न नमुना संकलन गरी दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको अस्पताल प्रमुख डा धनमाया घर्तीमगरले बताइन् ।

 

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...