News Portal

धनकुटा बजार क्षेत्र सिल , सेना परिचालन गर्ने तयारी

हिमाली संचार संवाददाता
४२० पटक
२०७७ जेठ ५ सोमवार

धनकुटा । धनकुटा अस्पतालमा कार्यरत एक महिला स्वास्थ्यकर्मीमा आईतबार कोरोना संक्रमण पुष्टि भएपछि सोमबारबाट धनकुटा बजार क्षेत्र सिल गर्ने तयारी भएको छ । आईतबार राती आकस्मिक रुपमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले धनकुटा अस्पतालसहित आसपासको बजार क्षेत्र सिल गरेर उच्च सर्तकता अपनाउने निर्णय गरेको छ ।

धनकुटा स्थित सब्जिलाइन, बसपार्क, जिरोपोईन्ट, परिचयमोड, यलम्बर चौक, मधुगंगा सिनेमा हल र त्रिवेणी चौक क्षेत्र सिल गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जयराम श्रेष्ठले बताए । अस्पतालसहित आसपासको बजार क्षेत्र अर्को सूचना जारी नभए सम्म सिल गर्ने  निर्णय भएको हो । श्रेष्ठका अनुसार ‘संक्रमण रोकथाम नियन्त्रणका लागि बजार क्षेत्र सिल भएको क्षेत्रमा नेपाली सेना सहितको सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको हो। 

संक्रमितलाई सोमबार बिहान बिराटनगर स्थित कोरोना बिशेष अस्पताल लैजाने तयारी रहेको छ । ३४ बर्षीया संक्रमित महिला अहिले जिल्ला अस्पताल धनकुटाको आईसोलेशनमा राखिएको छ । त्यस्तै कोरोना संक्रमितको सम्पर्कमा पुगेकाहरुको पनि पीसीआर परीक्षण गरिने भएको छ । संक्रमितको कन्ट्राक ट्रेसिङ हुने छ। 

संक्रमित महिला लकडाउनको अवधिमा अन्यत्र जिल्ला बाहिर नगएको उनी नियमित रुपमा आफ्नै काममा रहेको हुनाले अन्य संक्रमित बिरामी मार्फत उनमा कोरोना संक्रमण फैलिएको हुनसक्ने अनुमान गरेका छन्। 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...