News Portal

कोरोनाका कारण आमाको मृत्यु शिशुमा देखिएन कोरोना

हिमाली संचार संवाददाता
३९८ पटक
२०७७ जेठ ५, सोमवार

काठमाण्डौ। कोरोनाभाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाका १३ दिने शिशुसहित परिवारका चार जना सदस्यको कोरोना नेगेटिभ देखिएको छ।

धुलिखेल अस्पतालमा पिसिआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिएका छन्।
२९ वर्षीय सुत्केरी महिलाको मृत्युपछि कोरोना भएको पुष्टि भएको थियो। शिशुसहित परिवारका चार जना सदस्यलाई आइसोलेसनमा राखियो । परिवारका सदस्यहरु मृतककी श्रीमान, आमा र बहिनी आइसोलेशनमा रहेका छन्।
नतिजा नेगेटिभ देखिएपछि शिशुसहित सबै परिवारको सदस्यहरुलाई जिल्ला स्थित क्वारेन्टाइनमा पठाउने तयारी रहेको छ।
सिन्धुपाल्चोको बाह्रविसे नगरपालिका-९ राम्चे घर भएकी महिलाको गत बिहीबार साँझ धुलिखेल अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो। उनले गत बैशाख २४ गते काठमाडौंको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी हुन।

प्रतिकृया दिनुहोस्

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...