News Portal

कोरोनाका कारण आमाको मृत्यु शिशुमा देखिएन कोरोना

हिमाली संचार संवाददाता
४२० पटक
२०७७ जेठ ५, सोमवार

काठमाण्डौ। कोरोनाभाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाका १३ दिने शिशुसहित परिवारका चार जना सदस्यको कोरोना नेगेटिभ देखिएको छ।

धुलिखेल अस्पतालमा पिसिआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिएका छन्।
२९ वर्षीय सुत्केरी महिलाको मृत्युपछि कोरोना भएको पुष्टि भएको थियो। शिशुसहित परिवारका चार जना सदस्यलाई आइसोलेसनमा राखियो । परिवारका सदस्यहरु मृतककी श्रीमान, आमा र बहिनी आइसोलेशनमा रहेका छन्।
नतिजा नेगेटिभ देखिएपछि शिशुसहित सबै परिवारको सदस्यहरुलाई जिल्ला स्थित क्वारेन्टाइनमा पठाउने तयारी रहेको छ।
सिन्धुपाल्चोको बाह्रविसे नगरपालिका-९ राम्चे घर भएकी महिलाको गत बिहीबार साँझ धुलिखेल अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो। उनले गत बैशाख २४ गते काठमाडौंको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी हुन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...