News Portal

क्‍वारेन्टाइनबाट भागेका ४४ जनालाई फर्काइयो फेरि क्वारेन्टाइनमा

मुम्बई र दिल्लीबाट आएका उनीहरु भागेपछि गाउँमा निक्कै त्रास थियो

हिमाली संचार संवाददाता
४२६ पटक
जेष्ठ ५, २०७७

कपिलवस्तु — यशोधरा गाउपालिका–८ का दुई क्वारेन्टाइनबाट भागेका ४४ जनालाई  प्रहरीले फिर्ता ल्याएको छ । शुक्रबार र शनिबार भागेका उनीहरुको खोजीमा आइतबार बिहानैबाट प्रहरी लागेको थियो ।

शुक्रबार उक्त वार्डको खोरियास्थित सरस्वती प्रावि क्वारेन्टाइनमा बसेका १८ जना र शनिबार सोही ठाउँको राष्ट्रिय निमावि सिहोखोर क्वारेन्टाइनमा बसेका २२ जना भागेका थिए ।

आइतबार रातिसम्म खोजेर ४० जना ल्याइएको सशस्त्रको २८ नं. गणका उपरीक्षक जनकराज पुरीले बताए । ‘४ महिलालाई चाहिँ सोमबार बिहान ल्याएर राख्यौं,’ उनले भने, ‘दुवै क्वारेन्टाइनमा उनीहरुलाई राखेर कडा निगरानी गरेका छौं ।’

मुम्बई र दिल्लीबाट आएका उनीहरु भागेपछि गाउँमा निक्कै त्रास थियो । गाउँपालिकामा १२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमध्ये उक्त वार्डकै ५ जना थिए । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले वडाध्यक्ष सहाबुद्दिन मुसलमानले उक्साई उनीहरुलाई घर पठाएको बताए । ‘उनको धेरै कमजोरी देखियो,’ पौडेलले भने, ‘सोमबार उसलाई बोलाएर सोधपुछ गर्दै छौं ।’

मुम्बईबाट जेठ १ गते दुई जना गाउँ आएपछि क्वारेन्टाइनमा नबसी गाउँमै घुमेका थिए । कांग्रेस समर्थित उनीहरुलाई देखेपछि वडाध्यक्ष मुसलमानले क्वारेन्टाइनमा बसेका आफ्ना समर्थकलाई उक्साइदिए । ४५ जना घर पुगे । सञ्चारमाध्यमा भने उनले भागेको भनेर खबर प्रवाह गरेका थिए ।

खोरिया गाउँमा ५ जना संक्रमित देखिएकाले तत्काल सिल गर्न आवश्यक रहेको गाउँपालिका अध्यक्ष गिरजेश पाण्डेले बताए ।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...