News Portal

हङकङका कार्यकारी प्रमुख क्यारी लामसंग भट्टराईको भेट, भट्टराईले दिए ‘एड मेमो’

युवा राई
३९९ पटक
२०७७ जेठ ४ आइतबार

हङकङ । नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराईले हङकङ सरकारका प्रमुख कार्यकारी क्यारी लामवीच भेटवार्ता भएको छ। सरकार प्रमुख क्यारी लामकै कार्यलयमा भेट भएको हो।

महावाणिज्यदूत भट्टराईले भेटमा आफ्ना विभिन्न एजेन्डाहरु प्रस्तुत गरेका थिए।  भट्टराईले त्यसमाथि छलफल गरी ‘एड मेमो’ समेत प्रमुख कार्यकारी क्यारी लामलाई बुझाएका छन्। कूटनैतिक परम्पराअनुसार आफ्नो कार्यकाल समाप्त हुन लाग्दा दुइ   सरकारवीच कार्यान्वयन हुन बाकी रहेका एजेन्डाहरु टिपोट गरी बुझाउने कुटनैतिक प्रचलनलाई ‘एड मेमो’ भनिन्छ। 

भट्टराईका आफ्नो कार्यकाल समाप्त भएकाले नेपाल फर्किन लागेका अन्तिम समयमा भेट भएको हो । भट्टराईले नेपालीहरुका लागि हङकङमा भिसा खुलला, रोजगारीका लागि अनुमति र नेपालबाट मकाउमा रोजगारीमा जाने सिलसिलामा हङकङ ट्रान्जिट हुँदा अनिवार्य भिसा लिनुपर्ने झन्झट लगायतका विषयमा छलफल भएको बताए।

कुटनैतिक व्यक्तिहरुलाई अन एराइभल भिसा उपलब्ध गराउनु पर्ने एजेन्डाहरुवीच बुँदागत रुपमै छलफल गरेर टिपोट बुझाएको समेत महावाणिज्यदूत भट्टराईले जानकारी दिएका छन् । त्यस्तै, लकडाउनका कारण नेपालमा अल्झिएकाहरुलाई हङकङ आउन सहज वातावरण बनाइदिन र कोरोना भाइसर विरुद्ध एकजुट हुन आपसी सहयोगको विषयमा समेत छलफल भएको भट्टराईले बताए। भेटवार्तामा हङकङ सरकार नेपालप्रति सकारात्मक भएकोले छलफल फलदायी भएको बताएका भट्टराई आफ्ना कार्यकाल समाप्त गरेर नेपाल फिर्ता हुन लागेका हुन्। 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...