News Portal

देश त यहाँ भेटिदाे रहेछ

हिमाली संचार संवाददाता
७२८ पटक
२०७७ जेठ ४, आइतबार

देश त सिमापारी
देश बोकेर
आउने जानेहरु
संग पो भेटिदो रहेछ
सोधिन्छ आफन्तहरुको
सन्चो बिसन्चो
बाडिन्छ मनसँग मन
आधा मुस्कान हाँसेर
पोखिन्छ केहि खुशी
हुँदैन यहाँ ?
जातिय राजनिती
न हुन्छ भाषा, सस्कृतिको
पानी बाराबार
यहाँ त बरु देश छातिमा
बोकेर बाँचिरहेका छन
सधै नेपाली भएर
देश त यहाँ पो भेटिदो रहेछ।

बर्षातमा तराई डुब्दा
पहाडमा आधिहुरी चल्दा
हिमालमा हिम पहिरो लड्दा
आधा गाँस काटेर
सम्झन्छन देश
अनी बदलामा पठाउछन
राहात !
दिन्छन एक अर्कामा
सान्त्वना
समय किनेर बेच्छन श्रम
यहाँ आफै बाँच्न सिकेका छन
स्वतन्त्र समयसँगै
हेर त …?
देशको माया कोसँग धेरै छ ?
देश त देश बोकेर
आउने जानेहरु संग पो
सिमापारी भेटिदो रहेछ ।

– गौतम सागर राई

हाल – अमेरिका 

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...