News Portal

  • कोरोनाबाट नेपालमा महिलाको मृत्यु, यसरी गरिन्छ अन्त्येष्टि !

    हिमाली संचार संवाददाता
    ५९१ पटक
    २०७७ जेठ ४, आईतबार

    काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एक जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो। आमाछोरा दुबैको स्वास्थ्य सामान्य थियो र उनीहरू २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए।

    तर उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आयो। बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटैमा उनको निधन भएको छ।

    कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको बताएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ अयो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको छ। यद्यपि उनको मृत्यु कोरोनाकै कारण भएको घोषणा गर्नुपूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नै अध्ययन टोली धुलिखेल अस्पतालमा पठाएको थियो।

    टोलीको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण भएको घोषणा गरेको छ। मन्त्रालयले शनिबार साँझ विज्ञप्ति जारी गर्दै भनेको छ, ‘… विस्स्वृत विवरण लिइएको र कोभिड-१९ सँग सम्वन्धित थप परीक्षण पश्चात नेपालमा कोभिड-१९ बाट मृत्युभएको पहिलो घटना भएको पुष्टि भएको छ।’

    यसरी गरिन्छ अन्त्येष्टि !

    कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनका लागि सरकारले छुट्टै कार्यविधि बनाएको छ। त्यसअनुसार नै मृतकको शव धुलिखेल अस्पतालबाट नेपाली सेनाको टोलीले काठमाडौं ल्याएको छ।

    सुरुमा एम्बुलेन्समा परिवारको सदस्यलाई राखिएको थियो, जसमा उनका श्रीमान थिए। त्यसपछि प्रहरीको स्कटिङ र शव बाहनमा मृतकको शव राखिएको थियो। त्यसपछि फेरि सेनाले स्कटिङ गरेको थियो। मृतकको शनिबार नै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ।

    कार्यविधिअनुसार अन्त्येष्टिमा सहभागीहरुले पञ्जा, चस्मा, टोपी, मास्कसहित पीपीई लगाउनुपर्छ। मृतकका आफन्तले शव छुन समेत पाउँदैनन्। आफन्तले हेर्न चाहेमा कम्तिमा एक मिटर टाढाबाट एकएक जनालाई पालैपालो हेर्न दिइनेछ भने आफ्नो परम्पराअनुसार शवलार्ए नछोई जल छर्कने,पाठ गर्ने तथा फूलमाला चलाउने जस्ता क्रियाकलाप गर्न पाइनेछ।

    घर र माइतीगाउँ सिल !

    यसैबीच मृतकको घर र माइती गाउँलाई सिल गरिएको छ। मृतकको घर बाह्रबिसे नगरपालिका- ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए। उनकाअनुसार माइती गाउँबाट आफन्तहरु भेट्न गएकाले गाउँ पनि सिल गरिएको हो। सिल गरिएका वडाबाट कोही व्यक्ति बाहिर आउन र वडाभित्र प्रवेश गर्न पाउने छैनन्।

    जिल्लाको कोभिड-१९ विपद व्यवस्थापन केन्द्रले त्यस क्षेत्रका वासिन्दालाई घरबाहिर निस्कन नदिने आग्रह गरेको छ। साथै सिल गरिएको क्षेत्रमा सेना र प्रहरी परिचालन गरिएको छ। यस्तै मृतकको हालै स्वास्थ्य जाँच गराएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिएको छ। उनको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने र क्वारेन्टाइनमा राख्ने पनि निर्णय भएको छ।

    तथ्यांकमा काेराेना – नेपाल

    संक्रमित – २९१

    निको भएको – ३६

    मृत्यु – १

    स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पोस्टमार्टमपछि ५१ मृतकमध्ये शव परिवारलाई सुम्पियो

    काठमाडौं, भदौ २७ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण...

    जेनजी आन्दोलनमा मृतकको संख्या ५१ पुग्यो

    काठमाडौँ, भदौ २७ – देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ५१ जनाले ज्यान गुमाएका छन्।...

    नयाँ पुस्ताले हामीलाई समर्थन गरेन, कांग्रेस पुनर्गठन जरूरी : गगन थापा

    काठमाडौं, भदौ २७ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठन अब टार्नै नसकिने अवस्था...

    प्रधानमन्त्री कार्यालय नयाँ भवनमा सारिँदै

    काठमाडौँ, भदौ २७ – सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जीर्ण भएपछि यसको कामकाज गृह मन्त्रालयको...

    एनसेलको निःशुल्क सेवा अवधि थप

    काठमाडौं, भदौ २७ – एनसेलले आफ्ना ग्राहकलाई प्रदान गरिरहेको निःशुल्क सेवा अझै एक दिनका लागि...