News Portal

विश्वभरमा कोरोनाबाट ३ लाख बढीको मृत्यु, अमेरिकामा ८७ हजारले ज्यान गुमाए

हिमाली संचार संवाददाता
५०२ पटक
२०७७ जेठ ३, शनिबार

काठमाडौं – कोरोना भाइरस संक्रमणका कारण विश्वभर ३ लाख ७ हजार ४ सय ८६ जनाको मृत्यु भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म ४५ लाख ३८ हजार ४ सय ६ जना संक्रमित भएका छन्। सबैभन्दा धेरै अमेरिकामा १४ लाख ४२ हजार ८ सय १९ जना संक्रमित भएका छन् भने ८७ हजार ५ सय ३० जनाको मृत्यु भएको छ।

त्यस्तै रसियामा २ लाख ६२ हजार ८ सय ४३ जना संक्रमित भएका छन् भने २ हजार ४ सय १८ जनाको मृत्यु भएको छ। बेलायतमा २ लाख ३८ हजार संक्रमित छन् भने मृतक संख्या ३४ हजार ७८ रहेको छ। स्पेनमा २ लाख ३० हजार १ सय ८३ संक्रमित छन् भने २७ हजार ४ सय ५९ जनाको मृत्यु भएको छ।

इटलीमा संक्रमितको संख्या २ लाख २३ हजार पुगेको छ र मृतक संख्या ३१ हजार ६ सय १० पुगेको छ। ब्राजिलमा २ लाख १८ हजार २ सय २३ जना संक्रमित भएका छन् र १४ हजार ८ सय १७ जनाको मृत्यु भएको छ। फ्रान्समा १ लाख ७९ हजार ६ सय ३० जना संक्रमित भएका छन् र २७ हजार ५ सय ३२ जनाको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...