News Portal

मकैबारी हुदै लुकेर नेपाल आएका वडाध्यक्ष क्वारेनटाइनमा

हिमाली संचार संवाददाता
४६५ पटक
२०७७ जेठ २, शुक्रवार

काठमाण्डौ। सुनसरीको सिमाक्षेत्रका गाँउहरुमा अहिले मकैमा घोगा लाग्न थालिसकेका छन् । त्यस क्षेत्रमा मकै घोगा लाग्ने समय भएका कारण मकै बारी हुदै मान्छे छिरेपछि देख्न सकिँदैन । लकडाउनको अहिले समयमा भारतबाट आउने सजिलो बाटो त्यही सिमाक्षेत्रमा लगाइएका मकै खेती भएका छन् ।

नेपाल भारतका किसानले लगाएको मकै खेतीको बाटो हुँदै भारतबाट मान्छेहरू नेपाल आउन थालेपछि कोरोना भाइरस सक्रमण फैलिने उच्च जोखिम पुर्वमा बढ्दै गएको छ । केही दिन अगाडी इनरुवा नगरपालिकाकै एक वडाध्यक्ष सीमाको मकै बारीको सहारामा नेपाल छिरेका थिए ।

मकैबारी हुँदै इनरुवा नगरपालिकाका वडा नं. ४ का वडाध्यक्ष श्यामदेव मेहता इनरुवा आइपुगेका हुन् । लकडाउन लम्बिँदै जाँदा भारत पुर्णियामा रहेको ससुरालीमा बस्दै आएका मेहता नेपाल आएका हुन् ।

इनरुवा नगरपालिकाले बनाएको क्वारेनटाइनमा बस्दै आएका मेहेता पुर्णियाबाट भाण्टावारीसम्म एम्बुलेन्समा आएर रातीको समय मकै खेतीकै सहारामा नेपाल छिरेका थिए । मेहेता मात्र हैन नेपाल भारत गरिरहने अधिकांश सीमाका सुरक्षाकर्मीहरु छलेर नेपाल छिर्ने गरेका छन् ।

नेपाल र भारतमै लकडाउन भए पनि भारतमा रेल सेवा सुरु भएपछि नेपाल आउन चाहानेहरुको लागि थप सहज भएको छ । सीमावर्ती गाउँ कोसी गाउँपालिकाका स्थानीयहरूका अनुसार भारतका विभिन्न शहरबाट नेपालको सीमा सम्म रेलमा र त्यहाँबाट  मकैबारी हुँदै नेपाल छिर्ने गरेका छन् ।

भारतमा रेल सेवा सुरु भएपछि सुनसरीको सिमाक्षेत्रमा किसानले लगाएको मकै खेती अहिले नेपाल छिर्ने प्रवेशद्वार बन्दै गएको हो । दैनिक मकैबारीमा लुक्दै छिप्दै नेपाल आउनेहरूले मकै वाली समेत नष्ट गरेको किसान स्थानीयहरूको गुनासो छ । रासस

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...