News Portal

न्यूजील्यान्डमा लकडाउन हट्यो

हिमाली संचार संवाददाता
३६२ पटक
२०७७ जेठ १, बिहिवार

ऐजेन्सी । न्यूजील्यान्डले कोरोनाभाइरसका कारण लगाइएको लकडाउन अन्त्य गर्दै व्यापार व्यवसाय खुला गरेको छ।

पसल, मल तथा रेस्टुराँले ग्राहकहरूलाई मार्च महिनाको अन्तिम सातायता पहिलोपटक स्वागत गरेका छन्। कपाल काट्ने ठाउँहरूमा पनि काम सुरु भएको छ।बीबीसी संवाददाताशाइमा खलिल भन्छिन्, “हप्तौँ लामो लकडाउनपछि कपाल काट्न आतुर मानिसहरूलाई सेवा दिनरातभरि नै सलूनहरू व्यस्त रहे। जीवन विस्तारै पुरानो अवस्थामा फर्कँदै गर्दा अझै पनि केही नियमहरू तथा आशङ्का बाँकी छन्।”

मानिसहरूलाई आफन्त एवं साथीहरूसँग भेट्न दिइएको छ तर सामाजिक भेटघाट १० जनाभन्दा कमको समूहमा मात्र गर्न पाइनेछ। अधिकारीहरूका अनुसार हाल न्यूजील्यान्डमा सङ्क्रमणको जोखिम निकै कम छ।

तर पनि मानिसहरूलाई सामाजिक दूरी कायम गर्न भनिएको छ। न्यूजील्यान्डले आर्थिक सुधारका निम्ति ३० अर्ब डलरको प्याकेज ल्याएको छ। त्यहाँ कोभिड-१९ का कारण २१ जनाको मात्र ज्यान गएको थियो।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...