News Portal

न्यूजील्यान्डमा लकडाउन हट्यो

हिमाली संचार संवाददाता
३२५ पटक
२०७७ जेठ १, बिहिवार

ऐजेन्सी । न्यूजील्यान्डले कोरोनाभाइरसका कारण लगाइएको लकडाउन अन्त्य गर्दै व्यापार व्यवसाय खुला गरेको छ।

पसल, मल तथा रेस्टुराँले ग्राहकहरूलाई मार्च महिनाको अन्तिम सातायता पहिलोपटक स्वागत गरेका छन्। कपाल काट्ने ठाउँहरूमा पनि काम सुरु भएको छ।बीबीसी संवाददाताशाइमा खलिल भन्छिन्, “हप्तौँ लामो लकडाउनपछि कपाल काट्न आतुर मानिसहरूलाई सेवा दिनरातभरि नै सलूनहरू व्यस्त रहे। जीवन विस्तारै पुरानो अवस्थामा फर्कँदै गर्दा अझै पनि केही नियमहरू तथा आशङ्का बाँकी छन्।”

मानिसहरूलाई आफन्त एवं साथीहरूसँग भेट्न दिइएको छ तर सामाजिक भेटघाट १० जनाभन्दा कमको समूहमा मात्र गर्न पाइनेछ। अधिकारीहरूका अनुसार हाल न्यूजील्यान्डमा सङ्क्रमणको जोखिम निकै कम छ।

तर पनि मानिसहरूलाई सामाजिक दूरी कायम गर्न भनिएको छ। न्यूजील्यान्डले आर्थिक सुधारका निम्ति ३० अर्ब डलरको प्याकेज ल्याएको छ। त्यहाँ कोभिड-१९ का कारण २१ जनाको मात्र ज्यान गएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...