News Portal

भेन्टिलेटरमा आगो सल्किएर रुसमा ५ जना कोरोना सङ्क्रमितको मृत्यु

हिमाली संचार संवाददाता
४७८ पटक
२०७७ बैशाख ३०, मंगलवार

रुस – रुसको सेन्ट पिटर्सवर्गस्थित एक अस्पतालमा आगलागी हुँदा आईसीयूमा भर्ना भएका पाँच जना कोरोना सङ्क्रमित बिरामीको मृत्यु भएको छ। रुसी समाचार संस्थाका अनुसार विद्युतीय दुर्घटनाबाट भेन्टिलेटरमा आगो सल्किँदा मुस्लोले डढेर पाँचजना सङ्क्रमितको मृत्यु भएको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सङ्कटकालीन मन्त्रालयले अस्पतालमा भर्ना भएका १५० जना बिरामीको उद्धार गरिएको जनाएको छ। घाइतेको संख्या अझै स्पष्ट भइसकेको छैन्। मृत्यु भएका पाँचैजना बिरामी भेन्टिलेटरमा थिए।

इन्टरफेक्स समाचार संस्थासँगको कुराकानीमा सेन्ट पिटर्सबर्गका संकटकालीन विभागका एक अधिकारीले प्रारम्भिक अनुसन्धानले उच्च चापको कारण भेन्टिलेटरमा आगो सल्केको बताउनुभएको हो। रुसले कोभिड–१९ को संक्रमण सर्ने जोखिममा कडाइपूर्वक लागू गरेको प्रतिबन्ध यसै सातादेखि खुकुलो बनाउँदै आएको छ। खेतीपाती र निर्माणको काम सुरु भइसकेको छ।

रुसमा संक्रमित हुनेको संख्या विश्वमै चौथो स्थानमा छन्। सोमबारसम्म रुसमा दुई लाख २१ हजार ३४४ जनामा सङ्क्रमणको पुष्टि भइसकेको छ। सङ्क्रमितको संख्या अमेरिका, इटाली र बेलायतपछि रुसमा सबैभन्दा बढी हो।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...