News Portal

भेन्टिलेटरमा आगो सल्किएर रुसमा ५ जना कोरोना सङ्क्रमितको मृत्यु

हिमाली संचार संवाददाता
४४२ पटक
२०७७ बैशाख ३०, मंगलवार

रुस – रुसको सेन्ट पिटर्सवर्गस्थित एक अस्पतालमा आगलागी हुँदा आईसीयूमा भर्ना भएका पाँच जना कोरोना सङ्क्रमित बिरामीको मृत्यु भएको छ। रुसी समाचार संस्थाका अनुसार विद्युतीय दुर्घटनाबाट भेन्टिलेटरमा आगो सल्किँदा मुस्लोले डढेर पाँचजना सङ्क्रमितको मृत्यु भएको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सङ्कटकालीन मन्त्रालयले अस्पतालमा भर्ना भएका १५० जना बिरामीको उद्धार गरिएको जनाएको छ। घाइतेको संख्या अझै स्पष्ट भइसकेको छैन्। मृत्यु भएका पाँचैजना बिरामी भेन्टिलेटरमा थिए।

इन्टरफेक्स समाचार संस्थासँगको कुराकानीमा सेन्ट पिटर्सबर्गका संकटकालीन विभागका एक अधिकारीले प्रारम्भिक अनुसन्धानले उच्च चापको कारण भेन्टिलेटरमा आगो सल्केको बताउनुभएको हो। रुसले कोभिड–१९ को संक्रमण सर्ने जोखिममा कडाइपूर्वक लागू गरेको प्रतिबन्ध यसै सातादेखि खुकुलो बनाउँदै आएको छ। खेतीपाती र निर्माणको काम सुरु भइसकेको छ।

रुसमा संक्रमित हुनेको संख्या विश्वमै चौथो स्थानमा छन्। सोमबारसम्म रुसमा दुई लाख २१ हजार ३४४ जनामा सङ्क्रमणको पुष्टि भइसकेको छ। सङ्क्रमितको संख्या अमेरिका, इटाली र बेलायतपछि रुसमा सबैभन्दा बढी हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...