News Portal

स्याङ्जा सहयोग समाज कुवेतले एम्बुलेन्स आर्थिक सहयोग युगल साँझ कार्यक्रम गर्दै

हिमाली संचार संवाददाता
८५० पटक

अगस्ट ३०, कुवेत – एम्बुलेन्स आर्थिक सहयोग अभियानका प्रमुख अभियान्ता लोक पप गायक बि बि मल्ल ठकुरीको साथमा यूरोपबाट चर्चित गायक तुल्सी शिवाकोटी कुवेत आउने भएका छन।

गृह जिल्लामा एम्बुलेन्स हस्तान्तरण गर्नको लागि स्याङ्जा सहयोग समाज कुवेतले युगल साँझ कार्यक्रमको लागि कुवेत आउन लागेको अभियान्ता ठकुरीले हिमाली संचारलाई बताए।

केही दिन अगाडि बि बि मल्ल ठकुरी एकल साँझ कार्यक्रम गर्ने तय भए पनि यसलाई अझ पृथक साथै बृहत् किसिमको साँङ्गेतिक मनोरञ्जनात्मक पस्कने उद्देश्यले यूरोपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तुल्सी शिवाकोटीको नौलो अनुहार यस एम्बुलेन्स आर्थिक सहयोग अभियानका मुख्य अभियन्ता बि बि मल्ल ठकुरीको साथमा देखिने भएका छन् ।

गाँउले परिवेशमा हुर्केका बि बि मल्ल ठकुरीले अहिलेको एकाइसौं शताब्दी बित्न लागि सक्दा पनि कयौं बिरामीहरु समयमा नै अस्पताल पुग्न नसक्दा अकालमा नै मृत्यु हुने गरेको तितो स्मरण गर्दै उक्त अभियान थालिएको बताए।

“सुनौलो बिहान स्याङ्जा निर्माणमा हाम्रो अभियान” भन्ने मुल नाराको साथ स्थापना भएको स्याङ्जा सहयोग समाज कुवेतले यस कार्यक्रमको आयोजना गर्ने भएको हो । स्वयम् बि बि मल्ल ठकुरी उक्त समाजको संरक्षक पनि हुन्।

सहयोगी दाताहरुलाई हृदय देखि नै धन्यवाद दिदै कुवेतमा भएका संघ, संस्था, समाजका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, कलाकार, खेलाडी साथै कुवेतमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई उपस्थिति हुनु भइ कार्यक्रम सभ्य र भव्य गरि दिन हुन स्याङ्जा सहयोग समाज कुवेत विनम्र अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष पक्राउ

काठमाडौं — श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज दिउँसो...

आज २०८२ साल पुष २ गतेको राशिफल

आज पुष २, २०८२ (डिसेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चन्द्र थापा धादिङ प्रतिनिधि सभा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको...

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...