News Portal

भारतीय राजदूत क्वात्रा, परराष्ट्रमन्त्री ज्ञवालीवीच भेटबार्ता लिपुलेक सम्बन्धि डिमार्स

हिमाली संचार संवाददाता
४७० पटक
२०७७ बैशाख २९ सोमवार

काठमाडौं । नेपाल सरकार परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक क्षेत्रमा बनाएको सडकबारे काठमाडौंस्थित भारतीय राजदूतलाई मन्त्रालयमा बोलाएर लिपुलेक सडकबारे डिमार्स लिएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर डिमार्स दिएको हो। कूटनीतिक क्षेत्रमा डिमार्स भन्नाले कुनै विषयबारे एक देशको सरकारले अर्को देशसँग राख्ने औपचारिक धारणा बुझिन्छ।    

शनिबार नेपालमा विदा परेको र आइतबार भारतमा विदा हुने भएकाले राजदूत क्वात्रालाई सोमवार मन्त्रालयमा बोलाइएको स्रोतले जानकारी दियो।

भारतीय राजदूत क्वात्रासँग परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आफैंले मन्त्रालयमा कुरा गरेका थिए। भारतले गत शुक्रबार मानसरोबर जोड्न नेपाली भूमि लिपुलेक हुँदै खनेको सडकको उद्घाटन गरेको थियो।

भारतको उक्त कदमको नेपालमा तीव्र विरोध भइरहेको छ। परराष्ट्र मन्त्रालयले यसअघि नै विज्ञप्ति जारी गर्दै भारतको उक्त कदमको विरोध गर्दै सीमा समस्याको हल गर्न वार्ता गर्नु पर्ने बताएको थियो । तर भारतले भने त्यस्तो वार्ता कोरोनाभाइरसको महामारी सकिएपछि मात्र गर्ने जबाफ दिएको छ।  रासस 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...