News Portal

भारतीय दूतावास अगाडी प्रदर्शन, विद्यार्थी पक्राउ

हिमाली संचार संवाददाता
४१६ पटक
२०७७ बैशाख २७, शनिवार

काठमाडौै। भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेपछि नेपालमा विरोध सुरु भएको छ। शनिबार दिउँसो भारतीय हेपाहा प्रवृत्तिको विरोधमा भारतीय दुतावास लैनचौर घेराउ गर्न पुगेका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ।

भारतले नेपाली भूमि मिचेर सडक मार्ग खोलेको विरोध गर्न सत्तारुढ दल नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियूका नेता सुदेश पराजुलीको नेतृत्वमा पुगेका विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्ले कार्डसहित शान्तिपूर्ण रुपमा सांकेतिक रुपमा विरोध गर्न पुगेका करिब ३३ जना विद्यार्थीहरुलाई प्रदर्शन सुरु हुनु अगावै प्रहरीले पक्राउ गरेको हो। भारतले नेपाली भु­भाग मिचेको बिषयलाई परराष्टमन्त्रीको ध्यानाकर्षण गराउन युवाहरुले एसएमएसमार्फत पनि दबाव गर्न थालेका छन्।

भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उक्त सडकको शुक्रबार उद्घाटन गरेको सञ्चार माध्यमले सार्वजनिक गरेपछि नेपालीले विरोध जनाएका हुन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...