News Portal

भारतीय दूतावास अगाडी प्रदर्शन, विद्यार्थी पक्राउ

हिमाली संचार संवाददाता
३७७ पटक
२०७७ बैशाख २७, शनिवार

काठमाडौै। भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेपछि नेपालमा विरोध सुरु भएको छ। शनिबार दिउँसो भारतीय हेपाहा प्रवृत्तिको विरोधमा भारतीय दुतावास लैनचौर घेराउ गर्न पुगेका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ।

भारतले नेपाली भूमि मिचेर सडक मार्ग खोलेको विरोध गर्न सत्तारुढ दल नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियूका नेता सुदेश पराजुलीको नेतृत्वमा पुगेका विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्ले कार्डसहित शान्तिपूर्ण रुपमा सांकेतिक रुपमा विरोध गर्न पुगेका करिब ३३ जना विद्यार्थीहरुलाई प्रदर्शन सुरु हुनु अगावै प्रहरीले पक्राउ गरेको हो। भारतले नेपाली भु­भाग मिचेको बिषयलाई परराष्टमन्त्रीको ध्यानाकर्षण गराउन युवाहरुले एसएमएसमार्फत पनि दबाव गर्न थालेका छन्।

भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उक्त सडकको शुक्रबार उद्घाटन गरेको सञ्चार माध्यमले सार्वजनिक गरेपछि नेपालीले विरोध जनाएका हुन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...