News Portal

कपनस्थित रोहिंग्या शरणार्थी शिविरकाे खानतलासी

हिमाली संचार संवाददाता
६०६ पटक

काठमाडाैं – सुरक्षा अधिकारीहरुले बुधबार साँझ काठमाडौंको कपन गुम्बा नजिक रहेको रोहिंग्या शरणार्थी शिबिरमा खानतलासी र रोहिंग्या शरणार्थीहरुसँग सोधपुछ गरेका छन्।

महानगरीय प्रहरी वृत्त बौद्ध र प्रभाग कपनको टोलीले बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरूको प्रयास (बिमस्टेक)को पूर्वसन्ध्यामा सुरक्षा प्रयोजनका लागि‘सर्च अप्रेशन’चलाएका हुन्।

सुरक्षा अधिकारीले कपनस्थित करिब डेढसय टहराहरुमा खानतलासी गर्नुका साथै सोधपुछ गरेका थिए। एक अधिकारीका भनाईमा,शरणार्थीहरुलाई कुनै बाधा नपुर्‍याई सुरक्षा कारवाही गरिएको थियो।

बिमस्टेक बैठकमा सहभागी हुने बिशिष्ठ पाहुनाहरुलाई रोहिंग्या शरणार्थीबाट समेत असुरक्षा रहेको बिश्लेषण सहित नेपाली सेना,नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले खानतलासी गरेका हुन्।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...