News Portal

विश्वभर २ लाख ७६ हजार बढिको मृत्यु, ४० लाख बढि कोरोना संक्रमित

हिमाली संचार संवाददाता
५६९ पटक
२०७७ वैशाख २७, शनिबार

काठमाडौँ – महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण विश्वभर दुई लाख ७६ हजार २१५ जनाको मृत्यु भएको छ।

हालसम्मको तथ्यांक अनुसार विश्वका ४० लाख १२ हजार ७७७ जना कोरोना संक्रमित भेटिएका छन्। यस्तै, १३ लाख ८५ हजार १२३ जना भने उपचारपछि निको भएका छन्।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ। अमेरिकामा ७८ हजार ६ सय १५ जनाको मृत्यु भएको छ भने १३ लाख २१ हजार ७८५ जना संक्रमित फेला परेका छन्।

अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो बेलायत जहाँ ३१ हजार २४१ जनाको मृत्यु भइसकेको छ भने २ लाख ११ हजार ३६४ जना संक्रमित भेटिएको पुष्टि भएको छ।

पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६३३ जनाको मृत्यु भएको छ।

यस्तै, इटलीमा ३० हजार २ सय १, स्पेनमा २६ हजार २ सय ९९, फ्रान्समा २६ हजार २ सय ३०, इरानमा ६ हजार ५ सय ४१, बेल्जीयममा ८ हजार ५ सय २१, जर्मनीमा ७ हजार ५ सय १०, नेदरल्याण्डमा ५ हजार ३ सय ५९, टर्कीमा ३ हजार ६ सय ८९, स्वीजरल्याण्डमा १ हजार ८ सय २३, ब्राजिलमा १० हजार १७ जनाको मृत्यु भइसकेको छ।

विश्वका २ सय १२ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ। नेपालमा १ सय ९ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म कसैको मृत्यु भएको छैन।

यो पनि पढ्नुहोस।

कोरोना अपडेट: नेपालमा संक्रमितको संख्या १०९ पुग्यो

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...