News Portal

  • श्रीमान बैदेशिक रोजगारीमा, अबैध सम्बन्धका कारण श्रीमतीले गरिन आत्महत्या

    हिमाली संचार संवाददाता
    ८५० पटक
    २०७७ वैशाख २६, शुक्रबार

    गुल्मी – गुल्मीको मलायगिरी गाउँकी २२ वर्षीया गीता खड्का बुटवल बस्दै आएकी थिइन्। मलेसियामा रहेका श्रीमान् ईश्वर खड्काले उनलाई ५ वर्षीय छोरासहित बुटवलमा लगेर डेरा गरेर राखेका थिए।

    सोमबार साँझ मात्रै श्रीमानसँग फोनमा कुरा भएको थियो केहिबेर। त्यसपछि दिदीको फोन आएको छ भनेर गीताले काटिन्। त्यसै दिन साँझ छोरासँगै लिएर कोठा बाहिर निस्किइन्।

    बुटवल उपमहानगरपालिका वडा नम्वर-१९ को पत्थरगञ्जमा उनको डेरा थियो। सेनको घरमा गीताका आमा छोरा डेरा सरेको त्यस्तै ६/७ महिना जति भएको थियो। मंगलबार विहान करिव ७ बजेतिर उनको दिदीको घर नजिकै पर्ने रुखमा गीता अर्को एक पुरुष एउटै रुखमा डोरीको पासो लगाइ झुण्डिएको अवस्थामा फेला पर्छिन्।

    बुटवलमै डेरा गरि बस्ने मृतक गीताकी दिदी लक्ष्मी कुँवर क्षेत्रीका अनुसार विहान ७ बजेतिर एउटी महिला र पुरुष एउटै रुखमा झुण्डिएको अवस्थामा रहेको खबर आएपछि हेर्न जाँदा बहिनी र फ्याक्ट्रीमा काम गर्ने केटा झुण्डिएका थिए। रातभरी उनीहरु फ्याक्ट्री पछाडीसंगै बसेका रहेछन्। त्यहीँबाट आएर छोरा मेरो कोठामा छाडेर हिडेपछि एकैसाथ आत्महत्या गरेका रहेछन्।

    मंगलबार उनीसंगै आत्महत्या गर्ने उदयपुरका २४ वर्षीय हीराबहादुर श्रेष्ठ हुन्। मंगलबार ईलाका प्रहरी कार्यालयमा आइ उनका दाजु रणबहादुर श्रेष्ठले भाईको शव बुझेर लगेका छन्। बुटवल ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी भिम भट्टराईले दुईबीच अवैद्यसम्वन्ध रहँदै आएको खुलेको बताए।

    हीराबहादुर श्रेष्ठका दाईका अनुसार भाईले त्यस फ्याक्ट्रीमा काम गर्न लागेको डेढ वर्ष जति भयो। घरमा श्रीमती र ९ महिनाको छोरा छ। उनकी श्रीमती र सन्तानको बिचल्ली हुने भएको उनले पीडा सुनाए।

    गीताको शव बुझ्न उनका ६५ बर्षीय ससुरा रेशमबहादुर खड्का उनका भाई गणेश खड्का लगायत गुल्मीबाट बुटवल पुगेका थिए। मंगलबार बुहारीको शव बुझेर खड्का परिवारले तिनहुँखोलामा दाहसंस्कार गरेका छन। मलेशियामा रहेका मृतक गीताका श्रीमान किशोरले ईमोबाट कुरा गर्दै गहभरी आँशु पारे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    कुलिङ पिरियड प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने गगन थापाको माग

    काठमाडौं, असार १७ – निजामती सेवा सम्बन्धी विधेयकमा देखिएको विवादका कारण प्रतिनिधिसभाको गरिमा र सांसदहरूको...

    एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै

    काठमाडौं, असार १७ – गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले पछिल्लो...

    कुलिङ पिरियड प्रावधानमा अनधिकृत हेरफेर : सांसद शाहीको कडा आपत्ति, दोषीलाई कारबाहीको माग

    काठमाडौं, असार १७ – निजामति सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था अनधिकृत रूपमा फेरबदल...

    तीन बालिका तस्करीको प्रयासमा चार जना पक्राउ

    बुटवल, असार १७ – भारतसँग सिमाना जोडिएको रूपन्देही जिल्लाबाट तीन नाबालिकालाई तस्करी गरी भारत लैजान...

    मकवानपुरमा कोइला लोड भएको ट्रक पल्टिँदा चालकको ज्यान गयो, सहचालक अस्पतालमा उपचाररत

    मकवानपुर, असार १७ — पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे नजिकै मंगलबार बिहान कोइला...