News Portal

श्रीमान बैदेशिक रोजगारीमा, अबैध सम्बन्धका कारण श्रीमतीले गरिन आत्महत्या

हिमाली संचार संवाददाता
९७६ पटक
२०७७ वैशाख २६, शुक्रबार

गुल्मी – गुल्मीको मलायगिरी गाउँकी २२ वर्षीया गीता खड्का बुटवल बस्दै आएकी थिइन्। मलेसियामा रहेका श्रीमान् ईश्वर खड्काले उनलाई ५ वर्षीय छोरासहित बुटवलमा लगेर डेरा गरेर राखेका थिए।

सोमबार साँझ मात्रै श्रीमानसँग फोनमा कुरा भएको थियो केहिबेर। त्यसपछि दिदीको फोन आएको छ भनेर गीताले काटिन्। त्यसै दिन साँझ छोरासँगै लिएर कोठा बाहिर निस्किइन्।

बुटवल उपमहानगरपालिका वडा नम्वर-१९ को पत्थरगञ्जमा उनको डेरा थियो। सेनको घरमा गीताका आमा छोरा डेरा सरेको त्यस्तै ६/७ महिना जति भएको थियो। मंगलबार विहान करिव ७ बजेतिर उनको दिदीको घर नजिकै पर्ने रुखमा गीता अर्को एक पुरुष एउटै रुखमा डोरीको पासो लगाइ झुण्डिएको अवस्थामा फेला पर्छिन्।

बुटवलमै डेरा गरि बस्ने मृतक गीताकी दिदी लक्ष्मी कुँवर क्षेत्रीका अनुसार विहान ७ बजेतिर एउटी महिला र पुरुष एउटै रुखमा झुण्डिएको अवस्थामा रहेको खबर आएपछि हेर्न जाँदा बहिनी र फ्याक्ट्रीमा काम गर्ने केटा झुण्डिएका थिए। रातभरी उनीहरु फ्याक्ट्री पछाडीसंगै बसेका रहेछन्। त्यहीँबाट आएर छोरा मेरो कोठामा छाडेर हिडेपछि एकैसाथ आत्महत्या गरेका रहेछन्।

मंगलबार उनीसंगै आत्महत्या गर्ने उदयपुरका २४ वर्षीय हीराबहादुर श्रेष्ठ हुन्। मंगलबार ईलाका प्रहरी कार्यालयमा आइ उनका दाजु रणबहादुर श्रेष्ठले भाईको शव बुझेर लगेका छन्। बुटवल ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी भिम भट्टराईले दुईबीच अवैद्यसम्वन्ध रहँदै आएको खुलेको बताए।

हीराबहादुर श्रेष्ठका दाईका अनुसार भाईले त्यस फ्याक्ट्रीमा काम गर्न लागेको डेढ वर्ष जति भयो। घरमा श्रीमती र ९ महिनाको छोरा छ। उनकी श्रीमती र सन्तानको बिचल्ली हुने भएको उनले पीडा सुनाए।

गीताको शव बुझ्न उनका ६५ बर्षीय ससुरा रेशमबहादुर खड्का उनका भाई गणेश खड्का लगायत गुल्मीबाट बुटवल पुगेका थिए। मंगलबार बुहारीको शव बुझेर खड्का परिवारले तिनहुँखोलामा दाहसंस्कार गरेका छन। मलेशियामा रहेका मृतक गीताका श्रीमान किशोरले ईमोबाट कुरा गर्दै गहभरी आँशु पारे।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...