News Portal

भारतीय प्रधानमन्त्री मोदी र बंगलादेशकी प्रधानमन्त्री हसिना काठमाडौंमा

हिमाली संचार संवाददाता
६५५ पटक

काठमाडौं – आजदेखि राजधानीमा शुरू हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास(बिमस्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना काठमाडौं आइपुगेका छन्। मोदी एयर इन्डियाको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

विमानस्थलमा मोदीलाई रक्षा मन्त्री ईश्वर पोखरेल,परराष्ट्र मन्त्रालयका अधिकारीलगायतले स्वागत गरेका थिए। मोदीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो। मोदी विमानस्थलबाट सोझै सम्मेलन स्थल होटल सोल्टी गएका छन्।

मोदी आएलगत्तै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि काठमाडौं अवतरण गरेकी छन्। हसिना बिम्स्टेकमा भाग लिन आउने राष्ट्रप्रमुखमा हसिना एकमात्र महिला हुन्। हसिना विशेष विमानबाट बिहीबार बिहान ९ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेकी हुन्। उनलाई पनि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल,परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी र नेपाल सरकारका वरिष्ठ अधिकारीले स्वागत गरेका छन्। उनी पनि सिधै सोल्टी होटलतर्फ जानेछिन।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...