News Portal

भारतीय प्रधानमन्त्री मोदी र बंगलादेशकी प्रधानमन्त्री हसिना काठमाडौंमा

हिमाली संचार संवाददाता
७२२ पटक

काठमाडौं – आजदेखि राजधानीमा शुरू हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास(बिमस्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना काठमाडौं आइपुगेका छन्। मोदी एयर इन्डियाको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

विमानस्थलमा मोदीलाई रक्षा मन्त्री ईश्वर पोखरेल,परराष्ट्र मन्त्रालयका अधिकारीलगायतले स्वागत गरेका थिए। मोदीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो। मोदी विमानस्थलबाट सोझै सम्मेलन स्थल होटल सोल्टी गएका छन्।

मोदी आएलगत्तै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि काठमाडौं अवतरण गरेकी छन्। हसिना बिम्स्टेकमा भाग लिन आउने राष्ट्रप्रमुखमा हसिना एकमात्र महिला हुन्। हसिना विशेष विमानबाट बिहीबार बिहान ९ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेकी हुन्। उनलाई पनि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल,परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी र नेपाल सरकारका वरिष्ठ अधिकारीले स्वागत गरेका छन्। उनी पनि सिधै सोल्टी होटलतर्फ जानेछिन।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...