News Portal

कोशी अस्पतालबाट ६ जना कोरोना संक्रमित भारतीय डिस्चार्ज भए

हिमाली संचार संवाददाता
४३८ पटक
२०७७ बैशाख २४, बुधवार

विराटनगर। विराटनगरस्थित कोभिड-१९ उपचार केन्द्रबाट कोरोनाभाइरस संक्रमित ६ जना भारतीय नागरिकहरुलाई सफल उपचारपछि  डिस्चार्ज भएका छन्।

बुधबार प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार कोरोनाभाइरसको रिपोर्ट नेगेटिभ देखिएपछि एक कार्यक्रमका बीच ६ जना भारतीय नागरिक एक कार्यक्रम गरेर  डिस्चार्ज गरेका थिए। मन्त्री घिमिरेका अनुसार डिस्चार्ज भएकाहरु थप १४ दिन विराटनगरको रानीस्थित मदरसामा स्वास्थ्य निगरानीका लागि रहने छन्।

मन्त्री घिमिरेले पहिलो चरणमा अस्पताल भर्ना भएको १४ दिनपछि गरिएको तेस्रोपटकको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि सुखद रुपमा डिस्चार्जको अवस्थामा पुगिएको बताए। मन्त्री घिमिरेले भने, ‘अन्य मुलुकबाट धार्मिक यात्राका क्रममा आएका पाहुनालाई सुरक्षित साथ लकडाउन खुलेपछि सम्बन्धित निकायमा जिम्मा लगाउने तत्कालका लागि सुरक्षित राखिने जनाएका हुन्। 

६ जनाको डिस्चार्जपछि हाल केन्द्रमा २५ जना उच्च स्वास्थ्य निगरानीमा रहेका छन्। जसमा उदयपुरबाट आएका २२ जना, झापाबाट २ जना र एक जना भोजपुरका रहेका छन्। कोभिड-१९ उपचार केन्द्रमा ३१ जना संक्रमितको चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार गरिरहेका छन्।

उनीहरुलाई राखिने मदर्सामा फरक फरक गरेर १० कोठा र शौचालयको व्यवस्था गरिएको इर्सादले जानकारी दिए। डिस्चार्ज भएका सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका सचिव इर्सादले भने ढुक्क अवस्थामा देखिएका सबै जमातीले हिन्दी र अंग्रेजीभाषा मात्र बुझ्ने र बोल्ने गरेका छन्।

गत बैशाख ५ गते उदयपुरबाट कोरोनाभाइरसको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै १३ विराटनगरको कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो। भर्ना गरिएका सबै १३ जनाको १४ दिनपछि एकैपटक स्वाब परीक्षण गरिएको थियो।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...