News Portal

कोशी अस्पतालबाट ६ जना कोरोना संक्रमित भारतीय डिस्चार्ज भए

हिमाली संचार संवाददाता
३९६ पटक
२०७७ बैशाख २४, बुधवार

विराटनगर। विराटनगरस्थित कोभिड-१९ उपचार केन्द्रबाट कोरोनाभाइरस संक्रमित ६ जना भारतीय नागरिकहरुलाई सफल उपचारपछि  डिस्चार्ज भएका छन्।

बुधबार प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार कोरोनाभाइरसको रिपोर्ट नेगेटिभ देखिएपछि एक कार्यक्रमका बीच ६ जना भारतीय नागरिक एक कार्यक्रम गरेर  डिस्चार्ज गरेका थिए। मन्त्री घिमिरेका अनुसार डिस्चार्ज भएकाहरु थप १४ दिन विराटनगरको रानीस्थित मदरसामा स्वास्थ्य निगरानीका लागि रहने छन्।

मन्त्री घिमिरेले पहिलो चरणमा अस्पताल भर्ना भएको १४ दिनपछि गरिएको तेस्रोपटकको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि सुखद रुपमा डिस्चार्जको अवस्थामा पुगिएको बताए। मन्त्री घिमिरेले भने, ‘अन्य मुलुकबाट धार्मिक यात्राका क्रममा आएका पाहुनालाई सुरक्षित साथ लकडाउन खुलेपछि सम्बन्धित निकायमा जिम्मा लगाउने तत्कालका लागि सुरक्षित राखिने जनाएका हुन्। 

६ जनाको डिस्चार्जपछि हाल केन्द्रमा २५ जना उच्च स्वास्थ्य निगरानीमा रहेका छन्। जसमा उदयपुरबाट आएका २२ जना, झापाबाट २ जना र एक जना भोजपुरका रहेका छन्। कोभिड-१९ उपचार केन्द्रमा ३१ जना संक्रमितको चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार गरिरहेका छन्।

उनीहरुलाई राखिने मदर्सामा फरक फरक गरेर १० कोठा र शौचालयको व्यवस्था गरिएको इर्सादले जानकारी दिए। डिस्चार्ज भएका सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका सचिव इर्सादले भने ढुक्क अवस्थामा देखिएका सबै जमातीले हिन्दी र अंग्रेजीभाषा मात्र बुझ्ने र बोल्ने गरेका छन्।

गत बैशाख ५ गते उदयपुरबाट कोरोनाभाइरसको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै १३ विराटनगरको कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो। भर्ना गरिएका सबै १३ जनाको १४ दिनपछि एकैपटक स्वाब परीक्षण गरिएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...