News Portal

व्यक्तिगत तथा राजनीतिक प्रतिशोध साध्न ठकुरीलाई विवादमा नल्याईयोस : ठकुरी संजाल

हिमाली संचार संवाददाता
१२२१ पटक
२०७७ वैशाख २३, मंगलबार

काठमाडौ – ठकुरी सहयोग संजालले विगत केहि दिनदेखि सामाजिक संजालमा ठकुरीको नाम जोडेर देखापरेको विवादास्पद अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संजालले आफ्नो व्यक्तिगत र राजनीतिक प्रतिशोध साध्नका लागि जातिगत आधारमा सामाजिक संजालमा सम्पुर्ण ठकुरीहरुलाई लक्षित गरिएका अभिव्यक्ति र आलोचनाले सिङ्गो ठकुरी संजालको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

संजालले मंगलवार एक बिज्ञप्ति जारी गर्दै ठकुरीहरुलाई विवादमा पारी आत्मसम्मानमा आच आउने विचार, अभिव्यक्ति र आलोचनाले दुखी तुल्याएको जनाएको छ।

विज्ञप्ति यस्तो छ हेर्नुहोस:

बिगत केहि दिन देखि सामाजिक संजालमा ठकुरीको नाम जोडेर देखापरेको बिबादास्पद अभिव्यक्ति प्रति ठकुरी सहयोग संजालको गम्भीर ध्यानाकर्षण भएको छ।
राजन्यहरुको त्यो समूह जो सिंजा साम्राज्यको पतनपछि पनि नेतृत्व (सत्ता) मा कायम रहन सक्यो वा सत्तामा कायम हुने र अन्यबाट आफ्नो कर्मले सम्मानित हुन् सफल भएको विशेष समूह नै नेपाली समाजमा विगत झैँ आज पनि ठकुरी नामले सम्मानित छ, प्रशिद्ध छ। विभिन्न कालखण्डमा राज्य राज्य विचको झैँ -झगडा, युद्धले पनि ठकुरी पदवीलाइ नामेट गर्न सकेन। तत्कालिन समयमा नेपालका स-साना राज्यहरुमा विभिन्न जातिहरुले पनि नेतृत्व (सत्ता) आफ्नो हातमा लिई राज्य संचालन गरेका थिए।
आफ्नो राज्य भित्रका सबै जाति, धर्म, संस्कृति परम्पराको मूल्य मान्यता बचाएर स्थायित्व कायम गर्न नसक्दा त्यस्ता राज्यहरुका मानिसहरुले आफ्नो राज्य, ठकुरी उपाधिधारीले चलाएको अन्य राज्यभन्दा सबै क्षेत्रमा पछाडी परेकोले विकास तथा सुरक्षाको लागि छिमेकी राज्यबाट ठकुरीकै सन्तान मागेर राजा थापेको उदाहरणहरु इतिहासमा प्रस्ट रुपमा पाइन्छ। त्यसैले ठकुरी उपाधिधारी थरहरु धर्ममा, कर्ममा, न्यायमा पूर्ण आस्थावान भएको सिद्ध हुन्छ। साथै सबै धर्म, जात, बर्ग, समुदायलाई सन्तुलित बनाएर राज्यको सर्वाङ्गिण हितको लागि एकत्रित गर्नमा पनि ठकुरी उपाधिधारी थरले कुनै कसर नछोडेको पाइन्छ।
राज्यका सबै मानिसहरुलाई न्याय निसाफ दिन, भयत्रासबाट मुक्त राख्न, ब्यबस्थित नियमहरु पालना गराउन पनि ठकुरीहरुको ठूलो भूमिका रहेको पाइन्छ। प्रतीकात्मक रुपमा ठकुरीहरु त्यस्तो अक्षय माला हो जुन थरीथरीका जातिरुपी फूलहरुलाई एकताको धागोमा उन्न सफल थिए। बदलिदो समय क्रमले सदियौ देखि मिलेर बसेका बिभिन्न धर्म, जात, बर्ग, बर्णका मानिस बीच अन्तरबिरोधको बिष घोलिदियो परिणाम मानिस मानिस बीच, जाति बिशेषलाइ खसालेर, हियायेर, निचदेखाएर बोल्ने चलनको अवशेषको रुपमा अहिले पनि विभिन्न मानिसलाई उसको आंगिक स्वरूपलाइ प्रतीक बनाएर, विभिन्न जाति विशेषलाइ उसका पेशा, कर्म र धर्मलाइ प्रतिक बनाएर विभिन्न अर्थ लाग्ने शब्दको प्रयोग गरि होच्याउने गरिन्छ।
तत्कालिन समयमा राज्यको नेतृत्व लिने ठकुरी पदवी धारण गर्ने सबै थरहरुलाई पनि खसाल्न कुनै विशेषण, कर्मको प्रतिक नपाइएकोले साथै कुनै खास कारण समेत नभएकोले, कुसुण्डा, राउटे जस्ता जातिबाचक शब्द प्रयोग गरिए पनि ति शब्दमा ठकुरीका पेशा, कर्म, बर्ण, धर्म केहि संग पनि सामिप्यता नभएकोले यस्ता कपोलकल्पित, मनगणन्ते, बकम्फुसे कुरा भएको हामी हजुरहरु सबैलाई जानकारी ट्क्र्याउदै, यस्ता अनाबस्यक, वाहियात कुराहरुको पछाडी नलागिबक्सन आग्रह गर्दछौ।
राज्यमा जातिय सदभाव कायम गर्दै राष्ट्रिय एकताको जग मजबुत गर्नुपर्ने कुरामा सदा अग्रसर ठकुरी सहयोग संजाल बिश्वभरीका ठकुरीहरुको साझा थलो हो। यसको आफ्नै संस्थागत नीति र नियम छ। ठकुरी सहयोग संजालको मूल नारा “अनेकतामा एकता, एकतामा हार्दिकता, राष्ट्रिय एकताको लागि हाम्रो प्रतिबद्धता” हो। यस्तै संजालको कार्यनीती “पहिचान तथा सम्वृद्धि सहितको ठकुरी समुदाय जातिय सदभाब र धार्मिक सहिष्णुता सहितको राष्ट्रिय एकता” हो तसर्थ ठकुरी सहयोग संजाल समाज र समुदाय प्रति जबाफदेही र जिम्मेवार छ। त्यो भन्दा धेरै गुणा बढी देश र राष्ट्र प्रति जबाफदेही र जिम्मेवार छ। त्यसै कारण संजालको अभियन्ता र आम ठकुरी समुदायलाई राष्ट्र प्रति जबाफदेही र जिम्मेवार रहन आग्रह पनि गर्दछ।
ठकुरी सहयोग संजाल जातिय बिषयलाई उछाल्ने कुरामा बिश्वास राख्दैन तर आफ्नो जातिय पहिचान, धर्म संस्कृति, रीतिरिवाज, परम्परालाई सधै आत्मसाथ गर्दै संरक्षण र सम्वर्द्धन गर्न दत्तचित्त भएर लागि रहेको छ। साथै संजालले सधै सबै जातजातिको सामाजिक सदभाबको लागि बिभिन्न सामाजिक कार्य गरिरहेकोछ। कसैको व्यक्तिगत वैमनस्यताको कारणले कोहि कसैले सिंगो ठकुरी समुदाय माथि सामाजिक संजाल मार्फत गरिएको निन्दनीय आरोप, आधारहीन गालिगलौज प्रति घोर आपति जनाउदै, अब आइन्दा त्यस्ता कार्य नगर्न, नगराउन आम जनसमुदायसंग अपिल गर्दछ।
साथै ठकुरीको अस्तित्वसंग जोडिएको संबेदनशील बिषयमा संजालसंग छलफल गरि अख्तियारी लिई संस्थागत रुप मै सबैको ध्यानाकर्षण गरिएको भए सुनमा सुगन्ध हुने थियो। अत आगामी दिनहरुमा ठकुरीसंग जोडिएको संबेदनशील बिषयमा कुनै पनि प्रकारको बिज्ञप्ति संजालको नाममा सार्बजनिक गर्न संजालसंग परामर्श गरि पूर्ब स्वीकृति लिईबक्सि संस्थाको नामलाइ दुरुप्रयोग नगर्न नगराउन पनि सबैमा हार्दिक अपिल ट्क्र्याउदछ।
साथै ठकुरीहरुको मान, सम्मान माथि आच आउने गतिबिधि आगामी दिनहरुमा कहिँ कतैबाट पनि हुने छैन भन्ने संजालको विश्वासममा ठेश पुगेमा संजाल चुपचाप बस्न सक्दैन। त्यस्ता व्यक्तिहरुलाई कानूनी कारवाहीको लागि कठघरामा उभ्याउन पनि संजाल पछि नपर्ने जानकारी यसै बिज्ञप्ति मार्फत सार्बजनिक गर्दछ।

ठकुरी सहयोग संजाल, केन्द्रीय कार्यालय लगाएत समुर्ण स्वदेश तथा विदेशका संजाल शाखाहरु
दिनाङ्क:-२०७७।०१।२३

यो पनि पढ्नुहोस।

अस्पतालको शैयामा लडिरहेकि प्रनिशा ठकुरीको उपचारमा समस्या, सहयोगका लागि अपिल (भिडियो सहित)

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...