News Portal

अस्पतालको शैयामा लडिरहेकि प्रनिशा ठकुरीको उपचारमा समस्या, सहयोगका लागि अपिल (भिडियो सहित)

हिमाली संचार संवाददाता
३१७६ पटक
२०७६ फागुन ०९ गते

कमल सिंह ठकुरी/काठमाडौं – ब्लड क्यान्सरका कारण अस्पतालको शैयामा लडिरहेकि २७ महिने बालिकाको रकम अभावमा उपचार गर्न समस्या भएको छ। सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिका वडा नम्बर १ झिल्केनीका रित बहादुर ठकुरीकि छोरी प्रनिशा ठकुरीलाई ब्लड क्यान्सर भएको हो।

काठमाडौंस्थित कान्ति बाल अस्पतालमा डेढ महिनादेखी उनको उपचार गराइरहेकोले आबश्यक खर्च अभाव भएको बालिकाका बुवा रित बहादुर ठकुरीले हिमालीसंचारलाई बताए।

रितबहादुर छोरी प्रनिशालाई ब्लड क्यान्सर हुँदा थप तनाबमा परेका छन। उनि गाडी चालक हुन। आफ्नो परिश्रमबाट आम्दानी भएको पैसाले घरपरिवारको पालनपोषणमा ठिक्क हुन्छ। उनले आफ्नो कमाईबाट छोरीको उपचारमा पैसा अपुग भएका कारण देश तथा बिदेशमा रहनु भएका मनकारी महानुभावहरुमा सहयोगका लागि अनुरोध गरेका छन।

साथै ब्लड क्यान्सर पीडित बालिकाको उपचारमा सहयोगका लागि उनकी ठुलीममी(ठुलीआमा) सुमित्रा सिंह (शाह) ठकुरीले सबैमा अनुरोध गरेकी छन। सामाजिक संजालमा जोडिनुभएमा सहयोगी महानुभावहरुले सुमित्रा सिंह (शाह) ठकुरीको तल दिइएको फेसबुकमा जोडिएर सहयोग गर्न सकिने छ भने बालिकाका बुवा रित बहादुर ठकुरीको काठमाडौंस्थित नेपाल इन्भेस्टमेन्ट बैकको खाता नम्बर 01905080241298 र नबिल बैंक काठमाडौंको खाता नम्बर 1710017512133 मा सहयोग रकम जम्मा गर्न सकिने बताईएको छ।

थप जानकारीका लागि:
रित बहादुर ठकुरी
+9779860424270, +9779813820579

सुमित्रा सिंह (शाह) ठकुरीसँग जोडिन यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...