News Portal

अस्पतालको शैयामा लडिरहेकि प्रनिशा ठकुरीको उपचारमा समस्या, सहयोगका लागि अपिल (भिडियो सहित)

हिमाली संचार संवाददाता
३३१६ पटक
२०७६ फागुन ०९ गते

कमल सिंह ठकुरी/काठमाडौं – ब्लड क्यान्सरका कारण अस्पतालको शैयामा लडिरहेकि २७ महिने बालिकाको रकम अभावमा उपचार गर्न समस्या भएको छ। सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिका वडा नम्बर १ झिल्केनीका रित बहादुर ठकुरीकि छोरी प्रनिशा ठकुरीलाई ब्लड क्यान्सर भएको हो।

काठमाडौंस्थित कान्ति बाल अस्पतालमा डेढ महिनादेखी उनको उपचार गराइरहेकोले आबश्यक खर्च अभाव भएको बालिकाका बुवा रित बहादुर ठकुरीले हिमालीसंचारलाई बताए।

रितबहादुर छोरी प्रनिशालाई ब्लड क्यान्सर हुँदा थप तनाबमा परेका छन। उनि गाडी चालक हुन। आफ्नो परिश्रमबाट आम्दानी भएको पैसाले घरपरिवारको पालनपोषणमा ठिक्क हुन्छ। उनले आफ्नो कमाईबाट छोरीको उपचारमा पैसा अपुग भएका कारण देश तथा बिदेशमा रहनु भएका मनकारी महानुभावहरुमा सहयोगका लागि अनुरोध गरेका छन।

साथै ब्लड क्यान्सर पीडित बालिकाको उपचारमा सहयोगका लागि उनकी ठुलीममी(ठुलीआमा) सुमित्रा सिंह (शाह) ठकुरीले सबैमा अनुरोध गरेकी छन। सामाजिक संजालमा जोडिनुभएमा सहयोगी महानुभावहरुले सुमित्रा सिंह (शाह) ठकुरीको तल दिइएको फेसबुकमा जोडिएर सहयोग गर्न सकिने छ भने बालिकाका बुवा रित बहादुर ठकुरीको काठमाडौंस्थित नेपाल इन्भेस्टमेन्ट बैकको खाता नम्बर 01905080241298 र नबिल बैंक काठमाडौंको खाता नम्बर 1710017512133 मा सहयोग रकम जम्मा गर्न सकिने बताईएको छ।

थप जानकारीका लागि:
रित बहादुर ठकुरी
+9779860424270, +9779813820579

सुमित्रा सिंह (शाह) ठकुरीसँग जोडिन यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...