News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • काँग्रेस महामन्त्री खड्काद्वारा कोरोना संक्रमणबाट सुरक्षित रहन कर्णाली प्रदेश सरकारलाई आग्रह

    हिमाली संचार संवाददाता
    १७५२ पटक
    २०७७ वैशाख २३, मंगलवार

    काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुुर खड्काले छिमेकी प्रदेशहरुमा देखिएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै सुरक्षित हुने वातावरण मिलाउन कर्णाली प्रदेश सरकारलाई आग्रह गरेका छन्।

    सोमवार आफ्नो फेसबुकमा लेख्दै महामन्त्री खड्काले कर्णाली प्रदेशको दक्षिण नाकातर्फ रहेको प्रदेश ५ मा एकैपटक धेरैमा देखिएको कोरोना संक्रमणले कर्णाली प्रदेशका लागि पनि खतराको घण्टी बजेको भन्दै यसमा ध्यान दिन आग्रह गरेका हुन।

    ‘कर्णाली प्रदेशको मुल प्रवेशद्वार बाँकेमा एकैपटक डरलाग्दो रुपमा समुदायमा देखिएको कोरोना संक्रमणको विस्तारको अवस्थालाई हेर्दा कर्णाली प्रदेशमा ठूलो जोखिम पर्ने देखियो।

    हामीले एकताबद्ध र बुद्धिमतापूर्ण तरिकाले यसबारे सोच्नुपर्छ।’ उनले फेसबुकमा लेखेका छन्। दक्षिणतर्फबाट हुनसक्ने कोरोनाको संभावित संक्रमणको आकलन गरी सोही बमोजिम व्यवस्थापन र सतर्कतातर्फ समयमै ध्यान दिन महामन्त्री खड्काले प्रदेश सरकारलाई आग्रह गरेका हुन।

    यसअघि दक्षिणतर्फबाट कर्णाली प्रदेशमा प्रवेश गरेका नागरिकको द्रुत गतिमा कोरोनासम्बन्धी परीक्षण गर्न पनि उनले आग्रह गरेका छन्। उनले आरडिटी परीक्षणको भर नपरी अनिवार्य पिसीआर प्रविधिबाट परीक्षण गर्न पनि प्रदेश सरकारलाई आग्रह गरेका छन।

    यस्तै प्रदेशको दक्षिणमा रहेको बबई नाका र पश्चिममा रहेको कुईने नाकामा व्यवस्थित क्वरेन्टिनको प्रयोग गर्न पनि महामन्त्री खड्काले आग्रह गरेका छन्।

    प्रवेश द्वारहरुमा परीक्षणको भरपर्दो व्यवस्थापन गर्न, अत्यावश्यक अवस्थामा कसैलाई जान वा आउन दिनुपर्ने भएमा अनिवार्य परीक्षण गरेर मात्र आवतजावत गर्न दिन पनि उनले प्रदेश सरकारलाई आग्रह गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    बेलायतस्थित नेपालीहरुको भरपर्दो डिजिटल थलो नेपालयुके डटकमको पुनः प्रकाशन सुरु

    लण्डन। ठिक २० वर्ष पहिले बेलायतमा रहेका नेपालीहरूलाई सु-सूचित गर्ने र जोडने उद्देश्यले सुरु गरिएको...

    बाजुरा आगलागी पीडितहरूलाई एनआरएनएको आर्थिक सहयोग

    काठमाडौँ। शुक्रवार बाजुराको बुढिगंगा नगरपालिकाको बाम्काबजारमा भएको भीषण आगलागीबाट पीडितहरूलाई राहत स्वरूप गैरआवासीय नेपाली संघ...

    आजको राशिफल

    आज जेठ २४, २०८२ (जुन ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सहकारी सचेतना तथा जागरण तालिम सम्पन्न

    मोरङ, जेठ २३ – रंगेलीमा स्थानीय तहमा सञ्चालन भइरहेका सहकारीहरूका लागि आवश्यक पर्ने विषयवस्तुमा केन्द्रित...

    रास्वपाको आरोप: “सभापति लामिछानेलाई काठमाडौं सार्न गृह मन्त्रालयकै चलखेलले अवरोध भयो”

    काठमाडौं, जेठ २३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई रूपन्देही कारागारबाट राजधानीको...