News Portal

  • कसरी उपयुक्त मेकअप गरेर सुन्दरतालाई बढाउने ?

    हिमाली संचार संवाददाता
    ११६० पटक
    २०७७ वैशाख २३, सोमबार

    मेकअप यसरी गर्नुपर्छ जसले सुन्दरतालाई बढाउने काम गरोस्। मेकअप पनि यस्तो गर्नुपर्छ, जसले अनुहारको छालालाई नकारात्मक प्रभाव नगरोस्। मेकअप भद्दा किसिमको हुनु हुँदैन। मेकअप त नेचुरल हुनुपर्छ। मेकअप गर्दा आफ्नो उमेर छालाको प्रकार एवं पहिरनलाई ध्यानमा राख्नुपर्छ।

    मेकअप गर्नुभन्दा पहिले आफ्नो अनुहार सफा गर्नुपर्छ। अनुहार सफा गर्दा आफ्नो छालाको प्रकार अनुसारको फेसवास प्रयोग गर्नुपर्छ। त्यसपछि अनुहारमा टोनर लगाउनु पर्छ। टोनरले मेकअपलाई धेरै बेर टिकाउनुका साथै छालालाई कसिलो बनाउने गर्छ।

    आफ्नो छालाको प्रकार र उमेर अनुसार सन ब्लकयुक्त मोस्चराइजर लगाउनु पर्छ। बेलुका पनि अनुहार सफा गरेर टोनर र नाइट क्रिम लगाउनु पर्छ। जसले गर्दा छाला स्वस्थ, सफा र चम्किलो बन्छ। कलर कस्मेटिक अनुहारको छालालाई सुरक्षित राख्न स्किन केयरको प्रयोगपछि मेकअप प्राइमर लगाउनुपर्छ।

    अनुहारमा भएका दाग लुकाउन कन्सिलर प्रयोग गर्न सकिन्छ। आँखा वरिपरि कालो दाग छ भने आई कन्सिलर लगाएर फाउन्डेसनले छोप्नु पर्छ। मेकअपलाई लामो समय टिकाउनु छ भने वाटरप्रुफ फाउन्डेसन लगाएर ट्रान्सल्यूसेन्ट पाउडरले त्यसलाई सेट गर्न सकिन्छ।

    मेकअप गर्दा वेस राम्रोसँग बनाउनुपर्छ। वेस बनाइसकेपछि आँखाको मेकअप गर्नुपर्छ। आँखाको मेकअपमा विशेष गरेर आइस्याडो आफ्नो पहिरनसँग मिल्ने रंगको हुनुपर्छ। आँखाको सेप अनुसार आइलाइनर लगाउनुपर्छ। सानो र चिम्रो आँखामा मोटो लाइनर लगाउने।

    यदि आई मेकअप धेरै समय टिकाउनु छ भने वाटरप्रुफ लाइनर र मस्करा प्रयोग गनुपर्र्छ। लिपिस्टिक लगाउनुभन्दा पहिले लिप लाइनरले ओठलाई सेप दिनुपर्छ। लिपिस्टिकको कलर भन्दा एक सेड लाइट कलरको लिप लाइनर प्रयोग गर्नुपर्छ।

    ओठ मोटो छ भने भित्रबाट र पातलो छ भने बाहिरबाट लिप लाइनर लगाएर ओठको सेप बनाउनु पर्छ। लिपिस्टिक धेरै बेर टिकाउन ओठमा हल्का फाउन्डेसन लगाएर लिपिस्टिक दल्नुका साथै लिप लाइनर पनि धेरै बेर टिक्ने किसिमले लगाउनुपर्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आरजु राणा देउवाको स्पष्टीकरण: “नोट जलेको भनी फैलाइएको प्रचार निराधार”

    काठमाडौं, मंसिर २५ – पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले भदौ २४...

    रंगेली प्रहरीद्वारा ९ सय केजी गाँजा बरामद

    रबिन्द्र बराल/ मोरङ, मंसिर २५ – मोरङको रंगेली–८ स्थित बिजुली अफिसको पश्चिमपट्टि, बीच खेतमा रहेको...

    आज २०८२ साल मंसिर २५ गतेको राशिफल

    आज मंसिर २५, २०८२ (डिसेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रामनाथ अधिकारीले गरे निर्वाचन नलड्ने घोषणा

    धादिङ, — नेपाली कांग्रेस धादिङका सभापति तथा निवर्तमान प्रतिनिधि सभाका सदस्य, साथै नेपाल सरकारका पूर्व...

    यात्री समाज कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न

    कुवेत, कुवेतकाे खैतानस्थित राजधानी होटलमा यात्री समाज कुवेतको दोस्रो वार्षिक उत्सव तथा प्रथम अधिवेशन उत्साहपूर्ण...