News Portal

लकडाउनमा पार्किङ गरेको बसबाट टिभी चोर्ने  पक्राउ

हिमाली संचार संवाददाता
४९७ पटक

काठमाडौं -लकडाउनको अवधिमा पार्किङ गरेका बसहरुबाट एलइडी टिभी र म्यूजिक प्लेयर चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङवेशीमा विभिन्न मितिमा पार्किङ गरी राखिएको धादिङ मण्डली यातायात प्रालिद्वारा संचालित बा ४ ख ७३८०, ना ४ ख २८९१, ना ६ ख ९१३० र लु २ ख १९५४ नंम्बरको बसहरुमा यात्रुहरुको मनोरञ्जनको लागि जडान गरिएको एलइडी टिभी तथा म्यूजिक प्लेयरहरु चोरी भएको थिए ।

चोरको खोजतलास गर्दै जाने क्रममा वैशाख १८ गते धादिङ कै सिद्धलेक गाउँपालिका–५ पोखरी स्थितबाट चोरी गरिएका एलइडी टिभी ६ थान, म्यूजिक प्लेयर ३ थान, स्पिकर २ थान, चोरी गर्न प्रयोग भएका औजारहरु ४ थान सहित चोरी गर्ने अभियुक्तहरु जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले फेला परेको थियो ।

पक्राउ पर्नेमा धादिङ जिल्ला सिद्धलेक–५ बस्ने वर्ष २२ को अभिषेक श्रेष्ठ, सोही स्थान बस्ने वर्ष १९ का श्याम श्रेष्ठ र वर्ष २५ को अजय श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई फेला परेको सामानहरुसहित निजहरुलाई चोरी मुद्दामा धादिङ जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । यस घटनामा १ जना व्यक्ति फरार रहेकोले फरार व्यक्तिको खोजतलास कार्य समेत भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...