News Portal

धरानले उच्च सतर्कता अपनायो, हरेक नाकामा थर्मलगनको प्रयोग

हिमाली संचार संवाददाता
५३८ पटक
२०७७ बैशाख २१, आइताबार

धरान । कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न धरान उपमहानगरपालिकाले धरान प्रवेश गर्ने सबै नाकाहरुमा ज्वरो मापन गर्ने थर्मल गनद्वारा प्रत्येक यात्रुको ज्वरो मापन गर्ने भएको छ। 

धरानका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार पहाडबाट आउने नाकाबाहेक अन्य नाकाहरुमा थर्मोमिटरद्वारा ज्वरो जाँच गर्ने व्यवस्था गरिएको हो। धरानका मुख्य नाकाहरु तीनकुने, धरान–चतरा, पानवारी नाका, धरान फुटबैको सभागृह, सर्दु पुल लगायतका स्थानमा थर्मल गन राखिएको छ।

नगरले आन्तरिक रुपमा पनि धरानका विभिन्न स्वास्थ्य केन्द्रहरुमा पनि थर्मल गनको व्यवस्था गरिएको धरान उपमहानगरले जनाएको छ। मेहताका अनुसार विष्णुपादुका, पाँचकन्या स्वास्थ्य चौकी, छाताचोकस्थि पुरानो अस्पताल, धरान १७ रेल्वेस्थित शहरी स्वास्थ्य प्रर्वद्धन केन्द्रमा पनि थर्मल गन राखिएको छ।

धरानको ‘कृषि बजारमा क्षेत्रमा पनि निर्मल गनको व्यावस्था गरिएको छ। अन्य स्थानहरुमा समेत आवश्यकता हेरेर प्रवन्ध गर्न लागेको मेहताले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...