News Portal

बलात्कार आरोपमा श्रीमान र जेठाजु पक्राउ, ५० हजार घुस लिने अध्यक्ष धामी प्रहरी नियन्त्रणमा

हिमाली संचार संवाददाता
६७१ पटक
२०७७ वैशाख २१, शनिबार

कैलाली – कैलालीकी एक महिलालाई आफ्नै श्रीमान् र जेठाजुले बलात्कार प्रयास गरेका छन्। गौरीगंगा नगरपालिकाकी १६ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा श्रीमान र जेठाजुलाई प्रहरीले पक्राउ गरेको हो।

ती युवतीको एक वर्ष पहिले मागी विवाह भएको थियो। दुई दाजुभाइ मिलेर बलात्कार गर्न खोजेको उजुरी परेपछि उनीहरु पक्राउ परेका हुन्।

युवतीका माइती पक्षले जवरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गराएका छन्। यस्तै, सो मुद्दा मिलाइदिने भन्दै ५० हजार घुस लिने सामुदायिक वनका अध्यक्ष समेत पक्राउ परेका छन्।

मसुरियाको लक्ष्मी सामुदायिक वनका अध्यक्ष बिर्खबहादुर धामीलाई ५० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटेको टोलीले पक्राउ गरेको हो।

बलात्कार आरोपीसँग घुस लिदै गर्दा धामीलाई पक्राउ गरिएको अख्तियारको टोलीले जनाएको छ। (नेसबाट)

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...