News Portal

ठाकुरबाबा बर्दियाका समाजसेवी पौडेलद्वारा प्रहरीलाई सहयोग

हिमाली संचार संवाददाता
११४२ पटक
२०७७ बैशाख २०, शनिवार

बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर -६ का समाजसेवी जयप्रसाद पौडेलले अस्थायी प्रहरी पोस्ट बकुवालाई मिनरल वाटर, चाउचाउ, अण्डा, चना, साबुनलगायतका सामाग्री सहयोग गरेका छन।

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ कोरोना भाइरस सन्त्रासका कारण लकडाउन गरिएको र सो लकडाउन पालना गराउन अग्रमोर्चामा खटिएका नेपाल प्रहरीका लागि सो सहयोग उपलब्ध गराईएको समाजसेवी पौडेलले बताए।

लकडाउनको समयमा बजार पनि बन्द हुने र दिनरात नभनी सुरक्षामा खटिने प्रहरीलाई आफुले सम्मान स्वरुप सहयोग उपलब्ध गराएको पौडेलको भनाइ छ।

पौडेलले पाँच हजार रुपैया बराबरको ३ पेटि चाउचाउ, १ पेटी अण्डा, ५ किलो चना, ४ किलो चिउरा, मिनरल वाटर र साबुन सहयोग गरेका हुन।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...