News Portal

  • केन्द्र, प्रदेश र स्थानीय तहमा पदपूर्तिका सबै प्रक्रिया बन्द

    भवनाथ प्याकुरेल
    ६६४ पटक
    २०७७ बैशाख २० शनिवार

    काठमाडौं – सरकारले केन्द्रीय, प्रदेश र स्थानीय गरी तीनवटै तहका कुनै पनि सरकारी कार्यालयमा नयाँ कर्मचारी पदपूर्ति गर्ने सम्पूर्ण प्रक्रिया बन्द गरेको छ। अत्यावश्यकबाहेक कुनै पनि सरकारी कार्यालयले ‘ओ एन्ड एम सर्भे’ समेत गर्न नपाउने व्यवस्था गरिएको छ।

    लोकसेवा आयोगले कोरोना भाइरस संक्रमणका कारण सबै पदपूर्ति प्रक्रिया स्थगित गर्दै आएको छ। पछिल्लो मन्त्रिपरिषद् बैठकले लोकसेवा आयोगलाई पदपूर्ति सम्बन्धी सबै कार्य स्थगित गर्न अनुरोध गर्ने निर्णय गरेको थियो।

    यसपछि आयोगले पदपूर्तिका सबै प्रक्रिया रोकेको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले स्थानीय तह र संघीय सरकारबाट लोकसेवामा पदपूर्तिका लागि कर्मचारीको माग गरेर पठाइएको भए पनि अब ती सबै कार्य बन्द भएको बताए।

    लोकसेवा आयोगले यसअघि विज्ञापन गरिएका पदमा पनि पदपूर्ति नहुने देखिएको छ। प्रवक्ता अधिकारीका अनुसार लकडाउनका बेला भएका कर्मचारीलाई त परिचालन गर्न नसकिरहेको अवस्थामा नयाँ भर्ना रोकिनु सामान्य भएको बताए।

    त्यस्तै, सरकारी कार्यालयले कर्मचारीको दरबन्दी थप्ने र घटाउन गर्नुपर्ने ‘ओ एन्ड एम सर्भे’सम्बन्धी काम पनि अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए।

    कोभिड–१९ का कारण नेपालको आर्थिक वृद्धिदर कम भएकाले कर्मचारी भर्नाका सबै प्रक्रिया रोक्नुपरेको सरकारले जनाएको छ। कर्मचारी भर्ना रोक्दा चालू खर्चसमेत कटौती हुनेछ।

    माग फारामका विज्ञापनअनुसार सञ्चालन गर्न बाँकी रहेका परीक्षा र पदपूर्तिका लागि विज्ञापन आह्वान गर्ने कार्य हाललाई स्थगित गर्ने निर्णय बैठकले गरेको छ। यसअघि आयोगबाट भएको विज्ञापनअनुसार हुने परीक्षा अब अनिश्चित बनेको छ।

    लोकसेवा तयारी गर्नेहरू अलमलमा
    सरकारले नयाँ भर्ना प्रक्रिया बन्द गरेसँग लोकसेवाको तयारी गर्ने व्यक्तिहरू अलमलमा परेका छन्। लोकसेवा आयोगले केही समयअघि खरिदार, सुब्बा र अधिकृतको भर्ना खुलाएको थियो।

    परीक्षा स्थगित भएसँगै तयारी गर्नेहरू पनि निराश भएका छन्। काठमाडौंको सिनामंगलमा नायव सुब्बाको तयारी गरिरहेका धरानका निलम कार्कीले लोकसेवा अनिश्चित भएसँगै तयारी गरेको विषय पनि बिर्सने र कहिले परीक्षा होला भन्ने द्विविधा भएको बताए। उनले यस्तो अवस्थामा सरकारले परीक्षाका लागि फाराम बुझाएकाको परीक्षा लिइदिए उचित हुने बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २६ गतेको राशिफल

    आज भदौ २६, २०८२ (सेप्टेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जंगीअड्डामा युवाको आवाज : बालेन–हर्कलाई नेतृत्वमा ल्याउनुपर्ने माग

    काठमाडौं, भदौ २५ – सेनासँग जेनजीको वार्ता चलिरहेका बेला भद्रकालीस्थित जंगीअड्डामा भेला भएका युवाहरूले नेतृत्वप्रति...

    जेनजीको भर्चुअल बैठकमा बालेनले फोन नउठाए पछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन

    काठमाडौं, भदौ २५ – जेनजी पुस्ताले आयोजना गरेको वृहद भर्चुअल बैठकमा भावी प्रधानमन्त्रीबारे गम्भीर छलफल...

    रसुवा कारागारबाट सबै कैदी फरार, कुख्यात अपहरणकारी उदय सेट्टी पनि छुटे

    काठमाडौं, भदौ २५ – रसुवा कारागारमा रहेका सबै ९८ जना कैदी फरार भएका छन्। कारागारका...

    जेनजी समूहको भर्चुअल छलफलमा ३२ सयभन्दा बढी सहभागी

    काठमाडौं, भदौ २५ – राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि गरेको आह्वानपछि जेनजी पुस्ताका युवाहरूले वृहद...