News Portal

केन्द्र, प्रदेश र स्थानीय तहमा पदपूर्तिका सबै प्रक्रिया बन्द

भवनाथ प्याकुरेल
७५३ पटक
२०७७ बैशाख २० शनिवार

काठमाडौं – सरकारले केन्द्रीय, प्रदेश र स्थानीय गरी तीनवटै तहका कुनै पनि सरकारी कार्यालयमा नयाँ कर्मचारी पदपूर्ति गर्ने सम्पूर्ण प्रक्रिया बन्द गरेको छ। अत्यावश्यकबाहेक कुनै पनि सरकारी कार्यालयले ‘ओ एन्ड एम सर्भे’ समेत गर्न नपाउने व्यवस्था गरिएको छ।

लोकसेवा आयोगले कोरोना भाइरस संक्रमणका कारण सबै पदपूर्ति प्रक्रिया स्थगित गर्दै आएको छ। पछिल्लो मन्त्रिपरिषद् बैठकले लोकसेवा आयोगलाई पदपूर्ति सम्बन्धी सबै कार्य स्थगित गर्न अनुरोध गर्ने निर्णय गरेको थियो।

यसपछि आयोगले पदपूर्तिका सबै प्रक्रिया रोकेको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले स्थानीय तह र संघीय सरकारबाट लोकसेवामा पदपूर्तिका लागि कर्मचारीको माग गरेर पठाइएको भए पनि अब ती सबै कार्य बन्द भएको बताए।

लोकसेवा आयोगले यसअघि विज्ञापन गरिएका पदमा पनि पदपूर्ति नहुने देखिएको छ। प्रवक्ता अधिकारीका अनुसार लकडाउनका बेला भएका कर्मचारीलाई त परिचालन गर्न नसकिरहेको अवस्थामा नयाँ भर्ना रोकिनु सामान्य भएको बताए।

त्यस्तै, सरकारी कार्यालयले कर्मचारीको दरबन्दी थप्ने र घटाउन गर्नुपर्ने ‘ओ एन्ड एम सर्भे’सम्बन्धी काम पनि अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए।

कोभिड–१९ का कारण नेपालको आर्थिक वृद्धिदर कम भएकाले कर्मचारी भर्नाका सबै प्रक्रिया रोक्नुपरेको सरकारले जनाएको छ। कर्मचारी भर्ना रोक्दा चालू खर्चसमेत कटौती हुनेछ।

माग फारामका विज्ञापनअनुसार सञ्चालन गर्न बाँकी रहेका परीक्षा र पदपूर्तिका लागि विज्ञापन आह्वान गर्ने कार्य हाललाई स्थगित गर्ने निर्णय बैठकले गरेको छ। यसअघि आयोगबाट भएको विज्ञापनअनुसार हुने परीक्षा अब अनिश्चित बनेको छ।

लोकसेवा तयारी गर्नेहरू अलमलमा
सरकारले नयाँ भर्ना प्रक्रिया बन्द गरेसँग लोकसेवाको तयारी गर्ने व्यक्तिहरू अलमलमा परेका छन्। लोकसेवा आयोगले केही समयअघि खरिदार, सुब्बा र अधिकृतको भर्ना खुलाएको थियो।

परीक्षा स्थगित भएसँगै तयारी गर्नेहरू पनि निराश भएका छन्। काठमाडौंको सिनामंगलमा नायव सुब्बाको तयारी गरिरहेका धरानका निलम कार्कीले लोकसेवा अनिश्चित भएसँगै तयारी गरेको विषय पनि बिर्सने र कहिले परीक्षा होला भन्ने द्विविधा भएको बताए। उनले यस्तो अवस्थामा सरकारले परीक्षाका लागि फाराम बुझाएकाको परीक्षा लिइदिए उचित हुने बताए।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...