News Portal

बाँके र रुपन्देहीका दुईजनामा कोरोना संक्रमण

हिमाली संचार संवाददाता
७९० पटक

नेपालगञ्ज – प्रदेश नं. ५ को बाँकेमा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन्। भेरी अस्पताल नेपालगन्जमा गरीएको परिक्षणमा बाँकेका ६० वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो। त्यसैगरी, रुपन्देहीका २५ वर्षिय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ।

रुपन्देहीका युवाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाव परिक्षण गरीएको हो। उनि विदेशबाट आएको बताईएको छ। बाँकेका ६० वर्षिय बृद्धलाई नेपालगञ्‍जस्थित भेरी अस्पतालको ल्याबमै गरिएको पिसिआर परीक्षणमा कोरोना देखिएको हो।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। संक्रमित ५९ मध्ये १६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। बाँकी ४३ संक्रमितको विभिन्‍न अस्पतालमा उपचार भइरहेको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाइसकेको छ।

मस्जिदमा सुरक्षा निगरानी कडा

नेपालगन्जमा कोरोना भाइरस संक्रमित भेटिएपछि बाँके प्रहरीले यहाँका मस्जिदमा निगरानी बढाएको छ। प्रहरी श्रोतका अनुसार नेपालगन्जमा रहेका मस्जिदमा शुक्रबार बिहानैदेखि उच्च निगरानी बढाइएको छ। कोरोना भाइरस संक्रमणको आशंकामा यतिबेला नेपालगन्जका मस्जिदमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...