News Portal

राप्रपाका युवा नेता कार्कीद्वारा स्याङ्जामा १८० थान किट सहयोग

हिमाली संचार संवाददाता
१०२८ पटक
२०७७ बैशाख १९, शुक्रवार

स्याङ्जा – यतिबेला स्याङ्जामा र्‍यापिट किट अभाव छ। नेपाल सरकारले नै प्रयोगमा ल्याएको कोरोना परीक्षणको र्‍यापिट किट स्याङजाका विभिन्न पालिकामा १ सय ८० थान सहयोग आएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रिय सचिव पुतलीबजार नगरपालिका–५ का हिकमतजंग कार्कीले १ सय ८० थान किट सहयोग गरेका हुन्।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई जिल्लाको आवश्यकतानुसार काम गर्नको लागि ८० थान आरटिडी किट सहयोग गरेका छन्। यसैगरी पुतलीबजार नगरपालिकालाई ४० थान, फेदीखोला गाउँपालिकालाई ४० थान र आधीखोला गाउँपालिकालाई २० थान किट सहयोग गरेको बताएका छन्। उनले व्यक्तिगत रुपमा नै किट सहयोग गरेका हुन्।

उनि भन्छन, कोरोना परिक्षणको लागि अहिले जताततै किट अभाव छ। गृहजिल्ला स्याङ्जामा पनि किट अभाव भएपछि यसमा पर्न सक्ने असरलाई मध्येनजर गर्दै केही मात्रामा सहयोग गरेको हु। उनले आफ्नो साथी डाक्टर र औषधी ब्यबसायी भएकाले किट प्राप्त गर्न सकेकाले सहयोग गरेको बताए।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले अभाव रहेको र्‍यापिड किट सहयोग आउनु निकै महत्वपूर्ण रहेको बताए। उनले उक्त किटलाई आवश्यकतानानुसार प्रत्येक स्थानीय तहमा वितरण गरेर काम गर्ने योजना बनाएको बताए।

यसैगरी पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, फेदीखोला गाउँपालिका प्रमुख घनश्याम सुवेदी र आधीखोला गाउँपालिका प्रमुख सुधीर पौडेलले अभावकाबेला किट सहयोग हुनु नै ठूलो सहयोग रहेको भन्दै खुशी व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...