News Portal

  • राप्रपाका युवा नेता कार्कीद्वारा स्याङ्जामा १८० थान किट सहयोग

    हिमाली संचार संवाददाता
    ९५८ पटक
    २०७७ बैशाख १९, शुक्रवार

    स्याङ्जा – यतिबेला स्याङ्जामा र्‍यापिट किट अभाव छ। नेपाल सरकारले नै प्रयोगमा ल्याएको कोरोना परीक्षणको र्‍यापिट किट स्याङजाका विभिन्न पालिकामा १ सय ८० थान सहयोग आएको छ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रिय सचिव पुतलीबजार नगरपालिका–५ का हिकमतजंग कार्कीले १ सय ८० थान किट सहयोग गरेका हुन्।

    प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई जिल्लाको आवश्यकतानुसार काम गर्नको लागि ८० थान आरटिडी किट सहयोग गरेका छन्। यसैगरी पुतलीबजार नगरपालिकालाई ४० थान, फेदीखोला गाउँपालिकालाई ४० थान र आधीखोला गाउँपालिकालाई २० थान किट सहयोग गरेको बताएका छन्। उनले व्यक्तिगत रुपमा नै किट सहयोग गरेका हुन्।

    उनि भन्छन, कोरोना परिक्षणको लागि अहिले जताततै किट अभाव छ। गृहजिल्ला स्याङ्जामा पनि किट अभाव भएपछि यसमा पर्न सक्ने असरलाई मध्येनजर गर्दै केही मात्रामा सहयोग गरेको हु। उनले आफ्नो साथी डाक्टर र औषधी ब्यबसायी भएकाले किट प्राप्त गर्न सकेकाले सहयोग गरेको बताए।

    प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले अभाव रहेको र्‍यापिड किट सहयोग आउनु निकै महत्वपूर्ण रहेको बताए। उनले उक्त किटलाई आवश्यकतानानुसार प्रत्येक स्थानीय तहमा वितरण गरेर काम गर्ने योजना बनाएको बताए।

    यसैगरी पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, फेदीखोला गाउँपालिका प्रमुख घनश्याम सुवेदी र आधीखोला गाउँपालिका प्रमुख सुधीर पौडेलले अभावकाबेला किट सहयोग हुनु नै ठूलो सहयोग रहेको भन्दै खुशी व्यक्त गरे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पोस्टमार्टमपछि ५१ मृतकमध्ये शव परिवारलाई सुम्पियो

    काठमाडौं, भदौ २७ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण...

    जेनजी आन्दोलनमा मृतकको संख्या ५१ पुग्यो

    काठमाडौँ, भदौ २७ – देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ५१ जनाले ज्यान गुमाएका छन्।...

    नयाँ पुस्ताले हामीलाई समर्थन गरेन, कांग्रेस पुनर्गठन जरूरी : गगन थापा

    काठमाडौं, भदौ २७ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठन अब टार्नै नसकिने अवस्था...

    प्रधानमन्त्री कार्यालय नयाँ भवनमा सारिँदै

    काठमाडौँ, भदौ २७ – सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जीर्ण भएपछि यसको कामकाज गृह मन्त्रालयको...

    एनसेलको निःशुल्क सेवा अवधि थप

    काठमाडौं, भदौ २७ – एनसेलले आफ्ना ग्राहकलाई प्रदान गरिरहेको निःशुल्क सेवा अझै एक दिनका लागि...