आज : २०२६-०६-२९, सोमबार

गजल

गजल

कसैले भोकै कसैले खाइ महामारीमा
लडिरहेका छन यो लडाइँ महामारीमा

घरमै बसौ बाहिर नआउ एति खेर सबै
सहयोग गरौँ सरकार लाइ महामारीमा

भिडभाड र कोलाहलमा फस्दै नफसौ
सम्पुर्ण नेपाली दाजु भाइ महामारीमा

एक्लो पन र दुरि बाहेक विकल्प छैन
नऔषधि हुन्छ नत दवाइ महामारीमा

आफू पनि बाचौ अरुलाइ पनि बचाउ
सुरक्षा को उपाए अपनाइ महामारीमा

✍️ दुर्गा बहादुर श्रेष्ठ
जुगल गाउँपालिका
सिन्धुपाल्चोक