News Portal

प्रधानमन्त्री ओलीलाई मन्त्रालयको संख्या समेत थाहा नभएपछि

हिमाली संचार संवाददाता
१०८९ पटक

गंगा बराल,
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार संसदलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक) को चौथो शिखर सम्मेलनको विषयमा संसदलाई जानकारी गराएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले विपक्षी दलले सरकारलाई तानाशाहीको संज्ञा दिँदै गलत प्रचार गरेको भन्दै आपत्ति समेत जनाए । साथै उनले सरकारले गरेका राम्रा काम र सरकार सक्षम रहेको पनि बताए । त्यती मात्र नभई उनले सरकारसँग कसैले लोकतन्त्रको सर्टिफिकेट मागिरहन नपर्ने पनि बताए । बोल्ने क्रममा उनले स्थानीय प्रदेश र संघमा कर्मचारी व्यवस्थापन र मन्त्रालय र मन्त्रीहरुको विभाजनको समेत जानकारी दिए ।

जानकारी दिने क्रममा उनले हाल २१ वटा मात्रै मन्त्रालय रहेको बताएका छन् । तर, वास्तवीक मन्त्रालयको संख्या भने २२ वटा रहेको छ, जसमा स्वास्थ्य, पर्यटन र कृषि मन्त्रालयमा ३ राज्यमन्त्री गरी प्रधानमन्त्रीसहित २२ जना मन्त्रीहरु रहेका छन् ।

हालसालै कृषि तथा भूमी व्यवस्था मन्त्रालय फुटाएर भुमी व्यवस्था तथा गरिबी निवारण मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय गरी दुई वटा मन्त्रालय बनाइएको नेपालसमाचारपत्रले खबर लेखेको छ ।

भुमी सुधार व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पद्मा अर्याललाई दिइएको छ भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी चक्रपाडी खनाललाई दिइएको छ ।

नेपालको संविधान अुनसार जम्मा २५ वटा मन्त्रालय गठन गर्न मिल्ने व्यवस्था रहेको छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...