News Portal

समाजवादी पार्टी र राजपा पार्टीवीच एकता

हिमाली संचार संवाददाता
३२१ पटक
बैशाख ११ गत्ते २०७७

काठमाण्डौ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार राति पार्टी एकता घोषणा गरेका छन्।

दुई पार्टी विच एकता भएपछि नाम ‘जनता समाजवादी’ राखिएको छ। एकीकृत पार्टीको झण्डा भने समाजवादी पार्टीले प्रयोग गर्दै आएको झण्डा नै हुनेछ भने चुनाव चिन्ह छाता रहने भएको छ। 

विगत लामो समयदेखि एकीकरण प्रक्रियामा रहेको समाजवादी र राजपाविच बुधबार राति सहमति भएको हो। पार्टीको वरीयता क्रममा महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनका लागि खुकुलो प्रावधान राखेर अध्यादेश जारी गरेपछि दुई दलले बुधबार राति नै एकता घोषणा गरेका हुन्।
समाजवादी पार्टी फुटाउन सात सांसदले तयारी गरेपछि त्यसलाई रोक्न हतारमा समाजवादी र राजपाले एकता गरेका हुन्। राजपा तर्फबाट महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरत सिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादी पार्टीको तर्फबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन्।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...