News Portal

  • न्वारानकै दिन आमाले गरीन छोरीको हत्या

    हिमाली संचार संवाददाता
    ७७१ पटक

    विकास मरहट्टा
    गोरखा – ११ दिने शिशुको हत्या गरेको आरोपमा सिरानचोक गाउँपालिका-२ थालाजुङकी १७ वर्षकी रश्मी गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

    रश्मीकी छोरीको भदौ ८ गते न्वारान गरिएको थियो । न्वारानकै दिन राति छोरी हराएको भन्दै रश्मीले आफन्तसँग हारगुहार गरेकी थिइन् ।

    तर, प्रहरी अनुसन्धानका क्रममा रश्मी आफैंले छोरीको हत्या गरेर घर नजिकैको बारीमा खाल्डो खनेर पुरेको पाइएको जिल्ला प्रहरी प्रमुख एसपी बिमल बस्नेतले जानकारी दिए । प्रहरीले गुरुङलाई पक्राउ गरी ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाएको छ ।

    यस्तो छ घटना विवरण

    भदौ ८ गते थालाजुङ खामबारीका सबल भण्डारी र उनकी श्रीमती रश्मी गुरुङकी ११ दिनको शिशु (छोरी) टीका भण्डारीको न्वारान थियो । न्वारानको दिन राति रश्मी छोरी लिएर सासु भएकै कोठामा सुतिन् । राति १२ बजेतिर एक्कासी शिशु रुन थाल्यो ।

    प्रहरीका अनुसार रश्मीले बच्चालाई फकाउन काखमा लिएर कोठाको भित्र बाहिर गरिरहिन् । आमाको काखमा भएकाले घरका अरु सदस्यले खासै चासो दिएनन् । बाहिर पानी परिरहेको थियो । त्यही बेला रश्मीले बच्चालाई घरनजिकैको बासँको झ्याङमा छाडेर घर आइन् ।

    उनी केहीबेरपछि फेरि बाँसको झ्याङमा पुगिन् । पानीले पुरै भिजेको बच्चाको शरीर चिसो भइसकेको थियो । त्यसपछि आफूले बारीमा खाल्डो खनेर बच्चालाई पुरेको र घरमा आएर छोरी हराएको भन्दै हारगुहार गरेको बयान रश्मीले प्रहरीसामू दिएकी छन् ।

    बच्चा हराएको खबर पाएपछि भदौ ९ गते प्रहरीले रश्मी, उनका श्रीमान र सासुलाई सोधपुछका लागि प्रहरी कार्यालयमा ल्यायो । सोधपुछको क्रममा रश्मीले आफूले बारीमा गाडेको स्वीकार गरिन् । आफ्नी आमाले धम्की दिएकाले उक्त घटना गराएको बयान दिइन् ।

    सबल भण्डारी र रश्मीको अन्तरजातीय विवाह थियो । उनीहरु परिवारको इच्छाविपरीत भागेर विवाह गरेका थिए । त्यही कारण माइती पक्षबाट पति र बच्चालाई मार्ने धम्की दिएको रश्मी बताउँछिन् ।

    ‘ममीले तेरो श्रीमान र बच्चा दुबैलाई मारिदिन्छु भनेर बारम्बार धम्की दिइरहनुहुन्थ्यो’ सोधपुछको क्रममा रश्मीले दिएको बयान उधृत गर्दै प्रहरीले भनेको छ । रश्मीको वयानको आधारमा प्रहरीले उनकी आमा सरिता गुरुङलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

    गुरुङलाई १० भदौमा काठमाडौबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरी टोली मंगलबार घटनास्थल पुगेको छ । खाल्डो खनेर हेर्दा बोराभित्र शिशु मृत अवस्थामा भेटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी वस्नेतले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...