News Portal

सद्भाव सहकारीद्वारा तीन नगरपालिका तथा प्रहरी र स्वास्थ्यकर्मीलाई सहयोग

हिमाली संचार संवाददाता
५११ पटक

रबिन्द्र बराल -बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण तथा सहयोगका लागि रंगेली नगरपालिकामा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले अाफ्नाे जिउ ज्यान घरपरिवार सबै छाडेर देश र जनाताकाे लागि दिनरात काम गर्ने संस्था हरुकाे उच्च मुल्यांकन गर्दे सद्भाव बचत तथा ऋण सहकारी रंगेली अस्पताल ,नेपाल प्रहरी र ससस्त्र प्रहरीहरुलाई संस्थाकाे तर्फबाट माक्र्स , साबुन , पन्जा र सेनिटाईजर हस्तान्तरण गरेको हाे ।

नेपाल सरकारले काेराेना भाईरस नियन्त्रणका लागि बैशाख १५ गतेसम्म लकडाउन लम्बिएपछि अहिले प्रहरीहरुले अाफ्नाे जिउ ज्यानकाे सुरक्षा गरेर देश र जनाताकाे निमित्त अहाेरात्र खटिने प्रसाशनलाई सहयोग गरेको सद्भाव बचत तथा ऋण सहकारी अध्यक्ष कमलेश्वर ठाकुर ले बताए ।

साेहि क्रममा उक्त संस्थाले रंगेली नगरपालिका चेक मार्फत लाई १५ हजार ५ सय ५१ रुपैयाँ समेत हस्तान्तरण गरिएको छ । अति बिपन्न तथा मज्दुरी गरेेर दैनिकी जीवन निर्वाह गर्ने सर्वसाधारणहरु बडि समस्यामा परे पछि उनीहरुका लागि केही मात्रामा राहत हाेस भन्ने उदेश्यले धनपालथान गाउँ पालिका र सुनवर्सि नगरपालिका लाई २ सय ५० केजि चामल , १५ केजि दाल २५ केजि नुन र १५ लिटर खाने तेल गरि दुवै नगरपालिकालाई ३२ हजार रुपैयाँ बराबरको सहयोग गरेकाे छ ।

कार्यक्रममा रंगेली नगरपालिकाका मेयर दिलिप बगडियालाई चेक हस्तान्तरण र सुनवर्सि नगरपालिकाका मेयर काली प्रसाद दास खाद्यान्नय तथा धनपालथानका बडा अध्यक्ष राेशन राजवंशीलाई खाद्यान्न र स्वास्थ्य सामाग्री सहित ६० हजारौं रुपैयाँ बराबरको हस्तान्तरण गरेकाेे संस्थाका सत्यनारायण सहनीले बताए ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...