News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सालको रुख कटानमा  पत्रकारकाे पनि संलग्नता

    ९८६ पटक

    माेरङ -पछिल्लो समय मोरङको पथरीमा अनाधिकृत रुपमा धिमाल ग्राम थान भित्रका सालको रुख काटिएको विषय धेरै शंका उपशंका उब्जिएकाे छ । सो रुख कटान काण्डमा वडाध्यक्ष निकटका पत्रकार अर्जुन जम्नेली राईकाे पनि सम्लग्नता रहेकाे स्थानियले शंका गरेका छन । पत्रकार जम्नेली यतिबेला आफु जोगिन निरन्तर अरुलाई मुछेर समाचार लेखिरहेका छन् ।

    गएको शुक्रबार पथरी शनिश्चरे १ मा रहेको धिमाल ग्रामथानमा रहेको ३ वटा सालको रुख काटिएको थियो । ट्राफिक कार्यलय अगाडि र ईलाका प्रहरी कार्यलय पथरीकाे चेक पाेष्ट अगाडि रहेकाे सो सालको रुख अनाधिकृत रुपमा काट्ने आदेश वडा नं. १ का वडाध्यक्षले नै दिएको रुख काट्ने काममा खटिएका श्रमिकहरुले बताएका छन् । सो विषयमा सबैभन्दा वढि जानकार रहेका अध्यक्षका निकटका पत्रकार राईले यतिबेला आफुपनि मुछिने भएपछि नगरका स्वास्थ्य संयोजकलाई तानेका छन् । संयोजक मुरारी आचार्यको गाडी रुख काट्ने काममा सघाएको भनेर विभिन्न सञ्चार माध्यममा राईले नै समाचार छपाएका छन् ।

    रुख कटान भएकाे समयमा पत्रकार जम्नेली, वडाध्यक्ष बाबुराम एङदेन, नेकपाका युवा नेता विजय डागी र कमल हाङबाङ लगायतकाे टाेली साेहि स्थानमा रहेकाे खुलासा भएकाे छ ।

    सो रुख काटिएको दिन पनि पत्रकार राई दिनभर अध्यक्ष एङ्देनसंगै रहेको स्थानीयहरुले बताएका छन् । महेन्द्र राजमार्ग संगै टासिएकाे धिमाल ग्रामथान र प्रहरीकाे चेकिङ अगाडि रुख काटिए पछि कसैले सुचना गरेका थिए । सुचना पछि वन रक्षक अाएकाे त्यस पछि वडाध्यक्ष र पत्रकार सहितकाे टाेलि भागेका थिए । साे कार्यमा पत्रकार जम्नेलीलाई स्थानियले शंका गरे पछि उनी दिन रात अाफु चाेखिन अरुलाई मुछ्ने गरेका छन ।

    घटनामा संलग्न वडाध्यक्ष, वडा सदस्य, राजनैतिककर्मी सामुदायीक वनका सदस्यहरुलाई भने जम्नेलीले जाेगाउन खाेजेकाे देखिन्छ । रुख कटान काण्डको विषयमा केहि समचार नलेख्ने भन्दै रकमकाे बारगेनीङ गरेकाे गाेप्य सुत्रले जानकारी दिएकाे छ । घटना बाहिर अाए संगै अाफु जाेगिन र अाचार्यलाई फसाउन जम्नलीले समचार लेख्दै अाएका छन ।

    अधिकांस समय एङ्देनसंगै रहने राईले रुख काण्डमा आफ्नो नाम मुछिने भए पछि जवरजस्ती आचार्यलाई समाचारमा ल्याएका छन् । रुख काट्नका लागि कानेपोखरीबाट आएका २ जनाले नै रुख काट्न वडाध्यक्षले नै निर्देशन दिएको भनिरहदाँ पनि जम्नेलीले वडा अध्यक्षलाई छाडेर संयोजक आचार्यलाई विवादमा तानिरहेका छन् । आचार्य र राईकाे फरक राजनितीक अास्था रहेकाले राईले अाफ्नाे कलमकाे माध्यमबाट अाचार्यलाई विबादमा तानिरहन्छ ।

    नगरले बिपतका बेला वनाएकाेसमितीमा अाफु बस्न नपाएकाे र अाचार्यलाई राखेकाे कारण १० लाख पेस्की नगरले दिदा समेत अाचार्यलाई विबादमा ल्याएका थिए ।

    जम्नेलीले नगरबाट मिडियाकाे नाममा बिनियाेजित रकमकाे समेत हिसाब देखाउन सकेका छैन्न । आफु अनुकुल रकम निकाल्न नपाए पछि नगरकाे पैसा राेक्न निबेदन दिएका थिए । जम्नेलीले आफु अनुकुल र संयाेजकभए पछि लिकालेकाे रकमकाे १ बर्ष बित्न लाग्दा पनि हिसाब सार्वजनिक गरेका छैन्न । यता जाेखिमकाे बेला नगरलाई समस्या झेलाउन नगरले बनाएकाे समिति र उपसमितिकाे विषयमा जनतामा भ्रामक समचार फैलाउदै अाएका छन । नगरले गठन गरेकाे समितिले काम गरिरहेकाे बेला बिगठन भयाे नन्दै जनतामा भ्रम छर्ने गरेका छन।

    याे बिपतकाे समयमा अहाेरात्र खटिने सुरक्षाकर्मी र स्वास्थकर्मीकाे मनाेबल बढाउनुकाे सट्टा जम्नेलीले हताेसाहित बनाउने गरेकाे स्थानियकाे भनाई छ ।

    प्रतिकृया दिनुहोस्

    पतञ्जलि जग्गा प्रकरणः पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा

    काठमाडौं, जेठ २२ – पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा...

    शक्ति र सत्ताको खेल : संसद् खोल्ने निर्णयको पछाडि दबाबको राजनीति?

    काठमाडौं, जेठ २२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले माओवादी केन्द्र संसद्...

    चार करोड बढी ठगी प्रकरणमा एक महिला पक्राउ

    काठमाडौं, जेठ २२ – चार करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा पिसी इन्फोटेककी सञ्चालक...

    काठमाडौंमा निषेधाज्ञा विरुद्धको रिट सर्वोच्चले दर्ता नगर्ने, स्वागत नेपाल पुनः कानुनी लडाइँमा

    काठमाडौं, जेठ २२ — राजधानीका केही संवेदनशील क्षेत्रहरूमा जारी गरिएको निषेधाज्ञाको विरुद्धमा दर्ता गराउन खोजिएको...

    एनआरएनएकाे एकता महाधिवेशनद्वारा निर्वाचित आधिकारिक नेतृत्व तथा मार्गचित्रमा एकताबद्ध हुन आह्वान

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले एकता महाधिवेशनद्वारा निर्वाचित आधिकारिक नेतृत्व तथा तय गरेको मार्गचित्रमा एकताबद्ध...