News Portal

सालको रुख कटानमा  पत्रकारकाे पनि संलग्नता

१०९६ पटक

माेरङ -पछिल्लो समय मोरङको पथरीमा अनाधिकृत रुपमा धिमाल ग्राम थान भित्रका सालको रुख काटिएको विषय धेरै शंका उपशंका उब्जिएकाे छ । सो रुख कटान काण्डमा वडाध्यक्ष निकटका पत्रकार अर्जुन जम्नेली राईकाे पनि सम्लग्नता रहेकाे स्थानियले शंका गरेका छन । पत्रकार जम्नेली यतिबेला आफु जोगिन निरन्तर अरुलाई मुछेर समाचार लेखिरहेका छन् ।

गएको शुक्रबार पथरी शनिश्चरे १ मा रहेको धिमाल ग्रामथानमा रहेको ३ वटा सालको रुख काटिएको थियो । ट्राफिक कार्यलय अगाडि र ईलाका प्रहरी कार्यलय पथरीकाे चेक पाेष्ट अगाडि रहेकाे सो सालको रुख अनाधिकृत रुपमा काट्ने आदेश वडा नं. १ का वडाध्यक्षले नै दिएको रुख काट्ने काममा खटिएका श्रमिकहरुले बताएका छन् । सो विषयमा सबैभन्दा वढि जानकार रहेका अध्यक्षका निकटका पत्रकार राईले यतिबेला आफुपनि मुछिने भएपछि नगरका स्वास्थ्य संयोजकलाई तानेका छन् । संयोजक मुरारी आचार्यको गाडी रुख काट्ने काममा सघाएको भनेर विभिन्न सञ्चार माध्यममा राईले नै समाचार छपाएका छन् ।

रुख कटान भएकाे समयमा पत्रकार जम्नेली, वडाध्यक्ष बाबुराम एङदेन, नेकपाका युवा नेता विजय डागी र कमल हाङबाङ लगायतकाे टाेली साेहि स्थानमा रहेकाे खुलासा भएकाे छ ।

सो रुख काटिएको दिन पनि पत्रकार राई दिनभर अध्यक्ष एङ्देनसंगै रहेको स्थानीयहरुले बताएका छन् । महेन्द्र राजमार्ग संगै टासिएकाे धिमाल ग्रामथान र प्रहरीकाे चेकिङ अगाडि रुख काटिए पछि कसैले सुचना गरेका थिए । सुचना पछि वन रक्षक अाएकाे त्यस पछि वडाध्यक्ष र पत्रकार सहितकाे टाेलि भागेका थिए । साे कार्यमा पत्रकार जम्नेलीलाई स्थानियले शंका गरे पछि उनी दिन रात अाफु चाेखिन अरुलाई मुछ्ने गरेका छन ।

घटनामा संलग्न वडाध्यक्ष, वडा सदस्य, राजनैतिककर्मी सामुदायीक वनका सदस्यहरुलाई भने जम्नेलीले जाेगाउन खाेजेकाे देखिन्छ । रुख कटान काण्डको विषयमा केहि समचार नलेख्ने भन्दै रकमकाे बारगेनीङ गरेकाे गाेप्य सुत्रले जानकारी दिएकाे छ । घटना बाहिर अाए संगै अाफु जाेगिन र अाचार्यलाई फसाउन जम्नलीले समचार लेख्दै अाएका छन ।

अधिकांस समय एङ्देनसंगै रहने राईले रुख काण्डमा आफ्नो नाम मुछिने भए पछि जवरजस्ती आचार्यलाई समाचारमा ल्याएका छन् । रुख काट्नका लागि कानेपोखरीबाट आएका २ जनाले नै रुख काट्न वडाध्यक्षले नै निर्देशन दिएको भनिरहदाँ पनि जम्नेलीले वडा अध्यक्षलाई छाडेर संयोजक आचार्यलाई विवादमा तानिरहेका छन् । आचार्य र राईकाे फरक राजनितीक अास्था रहेकाले राईले अाफ्नाे कलमकाे माध्यमबाट अाचार्यलाई विबादमा तानिरहन्छ ।

नगरले बिपतका बेला वनाएकाेसमितीमा अाफु बस्न नपाएकाे र अाचार्यलाई राखेकाे कारण १० लाख पेस्की नगरले दिदा समेत अाचार्यलाई विबादमा ल्याएका थिए ।

जम्नेलीले नगरबाट मिडियाकाे नाममा बिनियाेजित रकमकाे समेत हिसाब देखाउन सकेका छैन्न । आफु अनुकुल रकम निकाल्न नपाए पछि नगरकाे पैसा राेक्न निबेदन दिएका थिए । जम्नेलीले आफु अनुकुल र संयाेजकभए पछि लिकालेकाे रकमकाे १ बर्ष बित्न लाग्दा पनि हिसाब सार्वजनिक गरेका छैन्न । यता जाेखिमकाे बेला नगरलाई समस्या झेलाउन नगरले बनाएकाे समिति र उपसमितिकाे विषयमा जनतामा भ्रामक समचार फैलाउदै अाएका छन । नगरले गठन गरेकाे समितिले काम गरिरहेकाे बेला बिगठन भयाे नन्दै जनतामा भ्रम छर्ने गरेका छन।

याे बिपतकाे समयमा अहाेरात्र खटिने सुरक्षाकर्मी र स्वास्थकर्मीकाे मनाेबल बढाउनुकाे सट्टा जम्नेलीले हताेसाहित बनाउने गरेकाे स्थानियकाे भनाई छ ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...