News Portal

स्थानीयलाई झुट बोल्दै गंगाजमुना गाउँपालिकाका अध्यक्ष अधिकारी

हिमाली संचार संवाददाता
९४८ पटक
२०७७ बैशाख १० बुधवार

गत बैशाख ६ गते हिमालीसंचारबाट धादिङको गंगाजमुना गाउँपालिकाकाेे अस्पतालमा युरिन ब्याग नभएको समाचार प्रकाशीत भएको थियोे। उक्त गाउँपालिकाले हिमालीसंचारकर्मीसंग फोनमा कुराकानी नभएको भनी झुटो प्रचारबाजी समेत गरेको पाईएको छ।

वास्तविक कुरा नै हामीले समाचार सम्प्रेषण गरेका थियौं। स्वास्थ्य क्षेत्रमा अति नै संवेदनशील हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। हामीले कहिले पनि स्वास्थ्य क्षेत्रमा काम गर्ने डाक्टरलगायत अन्य कर्मचारीहरुलाई उसकाे मनाेेबल गिराउने उदेश्यले समाचार सम्प्रेषण गरेका छैनौँ र गर्दैनौं पनि। किनकी ब्यक्ति स्वस्थ रहे हामी सबै रहन्छौ।

हामीले यहि बिषयलाई लिएर गाउँपालिकाको अध्यक्ष बल बहादुर अधिकारीलाई फोन सम्पर्क समेत गरेका थियाै। गाउँपलिकाका अध्यक्ष अधिकारीको मोबाइल +९७७-९८४१४३३११८ नम्बरमा अप्रिल १६ तारीख बिहान १०:२३ बजेको समयमा ६ मिनेट ३६ सेकेन्ड फोनमा कुरा गरेका थियाै तर गाउँपालिकाका अध्यक्ष अधिकारीले हामीलाई कसैले फोन गरेकाे हाेईन/छैन भन्न समेत भ्याए। हामीले अध्यक्ष अधिकारीसंग फोनमा गरेको कुराकानीको स्कृन पनि राखेका छौ।

गाउँपालिकाका अध्यक्षलाई हामीले मोबाईलमै सिधा कल गरेका थियौं। हामी स्थानीय जनताले अब टेलिफोनमा कुरा भएको कुरा समेत थाहा छैन भन्ने जनप्रतिनिधिबाट हामीले के अपेक्षा गर्न सक्छौं ?

टेलिफोनमा भएको कुरालाई हामीले फेसबुक लाइफ र समाचार मार्फत बाहिर ल्याएपछि आफुलाई बचाउन गाउँपालिकाका प्रशासकिय अधिकृत बिनोद रोकालाई प्रयोग गरि अध्यक्ष अधिकारीले ढाकछोप गर्ने प्रयास गरेर स्थानीयलाई झुटको भुमरीमा दलाईरहेका छन। किनकि हामीले जे कुरा समाचार सम्प्रेषण गरेका थियाै पीडित र गाउँपालिकाका अध्यक्ष दुबैलाई सम्पर्क गरेपछि हामीले समाचार सम्प्रेषण गरेका हौ।

वास्तवमा त्यो क्षेत्रमा समस्या भएको र समस्यालाई अब उप्रान्त यस्तो घटना नहोस् भनेर हामीले समाचारबाट गाउँपालिका र ग्रामीण अस्पताललाई सचेत गराका हाै।हामीले समाचार लेखेका पनि थियौ औषधी पसल ग्रामीणअस्पताल भित्रै राख्न सुझाब पनि दिएका कुरा समाचारमा प्रष्ट पारेका छौं।

गाउँपालिकाका अध्यक्ष अधिकारीले एउटा फोनमा बोलेको कुरोलाई झुटो भनेर प्रचारबाजी गरे भने उनले आफ्नो राजनीति बचाउन र जनतामाथी आफ्नो झुटको खेतीलाई कसरी मौहलाईरहेछन भन्ने प्रष्ट देखिएको छ। वास्तवमा झुटो बोलेर जनतालाई नचाईदिने हामीले कस्ता जनप्रतिनिधि चुनेर पठाएका रहेछौ त ?

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...